Monday, 12 August 2019

नेप्सेमा परिसूचकमा झिने सुधार, कारोबार रकम कतिले बढ्यो?

२७ साउन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ०.१३ अंक अर्थात ०.०१ प्रतिशतले बढेर १२३३.८५ विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १० करोडको वृद्धि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ७ सूचक सकारात्मक रहेका छन् भने बाँकी ५ सूचक नकारात्मक रहेका छन्। यस दिन होटेल समूह २०.५९ अंकले सबैभन्दा धेरै बढेको छ र ३४.३२ अंकले निर्जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै रसुवागढी हाईड्रोपावरको २ करोड ५९ लाख ३ हजार ४०० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः साञ्जेन जलविद्युत, प्रभु बैंक, मेघा बैंक संस्थापक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल बैंक लिमिटेड, नेपाल टेलिकम, कृषि विकास बैंक, एनआईबी प्रमोटर र सिभिल बैंक
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट नाडेप लगुवित्तको शेयरमूल्यमा ९.८९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ९.०९, नेपाल सेवा लघुवित्तको ७.७३,जोशी हाईड्रोपावरको ७.३५, मिथिल्ला लघुवित्तको ५, एभरेष्ट बैंक संस्थापकको ४.९१, ग्रिन डेभलपमेन्ट बैंकको ४.६३, गुडविल फाइनान्स कम्पनीको ४.६२, सिटी एक्सप्रेस फाइनान्सको ४.५९ र नयाँ नेपाल लघुवित्तको ४.३६
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट विशाल बजार कम्पनीको शेयरमूल्यमा ५.२६ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः नेपाल इन्भेष्टमेन्ट बैंक प्रगति फण्डको ४.७२, एनआईबी समृद्धि फण्ड-१ को ३.९१, नेपाल एग्रो लघुवित्तको ३.३७, लक्ष्मी लघुवित्तको ३.३२, एभरेष्ट इन्स्योरेन्सको ३.२३, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको ३.१२, युनियन हाईष्रोपावरको २.९८, नेरुड लघुवित्तको २.७९ र हिमालयन जेनरल इन्स्योरेन्सको २.७० प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment