काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ९.९२ अंक अर्थात ०.७९ प्रतिशतले घटेर १२३८.५६ विन्दुमा अडिएको छ। यस दिन १६६ कम्पनीको १८ लाख ७७ हजार ५४२ कित्ता ४५ करोड ४६ लाख २९ हजार ५७५ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक सकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ७५.४३ अंकले सबैभन्दा धेरै घटेको छ र ०.०२ अंकले म्युचल फण्ड समूह सबैभन्दा कम घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै रसुवागढी हाईड्रोपावरको ९ करोड ७६ लाख ९९ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः साञ्जेन जलविद्युत, नेपाल बैंक लिमिटेड, नेपाल क्रडिट एण्ड कमर्श बैंक, सिभिल बैंक लिमिटेड संस्थापक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, माथिल्लो तामाकोशी र चिलिमे हाईड्रोपावर ले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट सपोर्ट लगुवित्तको शेयरमूल्यमा ५.७१ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः विजय लघुवित्तको ४.०८, सनिमा इक्विटी फण्डको २.२९, एक्सेल डेभलपमेन्ट बैंकको १.७५, हिमालयन उर्जाको १.५३, सिन्धु विकास बैंकको १.५२, गुराँस लघुवित्तको १.३१, छ्याङ्दी हाईड्रोपावरको १.१९, वरुण हाईड्रोपावरको १.१६ र समता माइक्रोफाइनान्सको १.१५ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट रसुवागढी हाईड्रोपावरको शेयरमूल्यमा ९.७० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः साञ्जेन जलविद्युतको ४.६८, स्वरोजगार लघुवित्तको ४.१८, मितेरी डेभलपमेन्ट बैंकको ४.०८, समिट लघुवित्तको ३.८६, सामुदायिक लघुवित्तको ३.७९, मिथिल्ला लघुवित्तको ३.७८, स्पर्श लघुवित्तको ३.७६, ग्रामिण विकास लघुवित्तको ३.६४ र चिलिमे हाईड्रोपावरको ३.५४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment