Thursday, 8 August 2019

टेलिफोन प्रयोगकर्ताको वृद्धिदरको तुलनामा इन्टरनेट प्रयोगकर्ता २० प्रतिशतले बढें

२२ साउन २०७६,
काठमाण्डौं, नेपाल।

'हल्लो! म तिम्रो मनको दैलो अगाडी, तिमी कहाँ छौं?', भन्दै गफ गरेको हामी सुनिरहन्छौं।

आज-भोलि हातमा मोबाइल नबोक्ने व्यक्ति भेटाउँन पनि मुस्किल हुन थालेको छ। यसो विचार गर्दा 'नेपालमा कतिले मोबाइल बोक्छन त?' भन्ने प्रश्न मनमा लाग्यो। फर्साद!! आकाशमा हेरे, मनका कुनाकाप्चामा खोतले कहिले १ करोड भन्ने उत्तर आयो त कहिले १.३० करोड! यकिन गर्न सकिने उत्तर पाईएन!! मान्छेहरुलाई सोध्दे कसैले 'हो, मोबाइल धेरैले बोक्न थालेका छन् भन्ने', कसैले '५०-६० लाख 'होलान' भने' यकिन गर्न सकिने जवाफ पाइन्।

योत्रो भैतारिए पछि यसको अध्ययन गर्न आधिकारिक तथ्याङ्कको खोजी गर्न हिडें। सो क्रममा नेपाल दुरसञ्चार प्राधिकरणको वेबसाइटमा तथ्य फेला पर्यो।

संञ्चार माध्यमको रुपमा इन्टरनेट पनि एक अभिन्न अङ्ग भन्न थालेको छ। र, केबल टेलिफोनलाई मात्र संञ्चारको रुपमा हेर्न पनि मल्दैन्। त्यसैले अब हामी टेलिफोन र इन्टरनेट दुबैको आकडा हेर्छौं।

गत वर्ष २०७५ असारमा कुल टेलिफोन प्रयोगकर्ता ३ करोड ९२ लाख २ हजार ५ सय ५४ रहेको थियो । चालु आवको जेठसम्म यो तथ्याङ्क बढेर ४ करोड १४ लाख ३८ हजार ७ सय १८ पुगेको हो । यसअघि २०७४ असारमा टेलिफोन प्रयोगकर्ताको संख्या ३ करोड ५८ लाख ७८ हजार ८ सय ४३ रहेको थियो । २०७३ असारमा ३ करोड १४ लाख र २०७२ असारमा २ करोड ८१ लाख कुल टेलिफोन प्रयोगकर्ता रहेको थियो ।

जेठ २०७६ सम्म आइपुग्दा, नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको छ। यस अवधिसम्मा सो कम्पनीको २ करोड २४ लाख ६४ हजार ४६५ प्रयोगकर्ता रहेका छन। यस्तै, एनसेलको १ करोड ६५ लाख ९४ हजार ४८८, स्मार्ट टेलिकमको २० लाख ४९ हजार ४८५ र अन्यको १ हजार ७४२ प्रयोगकर्ता रहेका छन्।

चित्र १ः हालको सेवा प्रादायकको अधारमा प्रयोगकर्ता
नेपालमा टेलिफोन प्रयोगकर्तालाई फिक्स्ड, मोबाइल र अन्यमा वर्गीकरण गरिएको छ। चित्र १ मा हेर्न सकिन्छ नेपालका टेलिफोन प्रयोगकर्ताहरूः ९८.१% मोबाइल, १.९% फिक्स्ड र ०.००४%  अन्य माध्यमका रहेका छन्।


चित्र २ः टेलिफोनको वजार हिस्सा

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार, गत असारमा एटीसी प्रयोगकर्ताको संख्या १ करोड ९९ लाख ७६ हजार १ सय ८७ रहेको थियो । जेठसम्म आइपुग्दा प्रयोगकर्तामा १२.४३% प्रतिशतले वृद्धि भएर २ करोड २४ लाख ६४ हजार ४६५ प्रयोगकर्ता भएका छन।

गत असारमा एनसेल प्रयोगकर्ताको संख्या १ करोड ६५ लाख १३ हजार ८ सय ५९ रहेको छ । तर, फागुनसम्म १ करोड ६४ लाख २७ हजार ४७ ले एनसेल प्रयोग गरिरहेका छन् । फागुनसम्मको तथ्याङ्कले एनसेल प्रयोगकर्ताको संख्यामा कमी आएको देखिएको छ । असारदेखि फागुनसम्म आइपुग्दा ८६ हजार ८ सय १२ प्रयोगकर्ता घटेका देखिन्छन् । यद्यपि, जेठ सम्ममा पुनः १ करोड ६५ लाख ९४ हजार ४ सय ८८ ले प्रयोग गरिरहेको देएको छ। फागुनसम्म प्रयोगकर्ता गुमाएको एनसेलले पुनः ग्राहक आक्रमक रुपले बढाएको देख्न सकिन्छ। 
गत असारमा स्मार्ट टेलिकम प्रयोगकर्ताको संख्या १८ लाख ५१ हजार २१ रहेको थिए जो अहिले बढेर जेठसम्ममा २० लाख ४९ हजार ४ सय ८५ जना भएका छन् ।
त्यस्तै, नेपाल स्याटेलाइट प्रालिका प्रयोगकर्तामा गत असारदेखि जेठसम्म कुनै घटबढ नभएको तथ्याङ्कले देखाउँछ । गत असारमा कुल ३ लाख २८ हजार ५ सय ३८ नेपाल स्याटेलाइट प्रयोगकर्ता रहेकोमा जेठसम्म पनि त्यति नै प्रयोगकर्ता रहेका छन् ।


चित्र ३ः वर्षदिनको अवधिमा सेवा प्रदायकहरूको आधारमा प्रयोगकर्ता

नेपालमा इन्टरनेट प्रयोगकर्तालाई फिक्स्ड (तार), फिक्स्ड (ताररहित) र मोबाइलमा वर्गीकरण गरिएको छ। चित्र ४ मा हेर्न सकिन्छ नेपालका इन्टरनेट प्रयोगकर्ताहरूको हिस्सामामध्य सबैभन्दा धेरै ७८.५% ले मोबाइल, १९.७% फिक्स्ड (तार) र १.९% फिक्स्ड (तार) रहेको छ।
चित्र ४ः इन्टरनेटको बजार हिस्सा

गत वर्ष २०७५ असारमा कुल इन्टरनेट प्रयोगकर्ता १ करोड ५० लाख ९६ हजार ७ सय ९२ रहेका थिएँ । चालु आवको जेठसम्म यो बढेर १ करोड ९० लाख २५ हजार १ सय ८८ पुगेको हो । यो ११ महिनामा इन्टेरनेट ग्रहकको संख्यामा २६ प्रतिशतले वृद्धि भएको हो। र,  टेलिफोन प्रयोगकर्ता ५.७० प्रतिशतले बढेको हो।




तसर्थ, नेपाल ९८ प्रतिशत व्यक्ति मोबाइलको प्रयोग गर्ने हुँदा मोबाइल आम मानिसको जीवनको पहिले प्रथमिकतामा रहेको बुझ्न सकिन्छ। र, नेपालको सबैभन्दा धेरै ग्राहक नेपाल टेलिकम छ भने एनसेल दोस्रो नम्बरमा रहेको छ। यस्तै, इन्टरनेट पनि धेरैले मोबाइलवाट चलाउने गरेको पुष्टि हुन्छ। र, समग्रमा टेलिफोन प्रयोगकर्ताको वृद्धिदरको तुलनामा इन्टरनेट प्रयोगकर्ता २० प्रतिशत अर्थात १ जना टेलिफोन ‍= ५ जना इन्टरनेट प्रयोगकर्ता बढ्ने गरेका छन्।

No comments:

Post a Comment