Thursday, 15 August 2019

नेप्से परिसूचक १.८६ अंकले घटेर १२२४.०३ विन्दुमा, कारोबार रकममा १७ करोडको वृद्धि

३० साउन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १.८६ अंक अर्थात ०.१५ प्रतिशतले घटेर १२२४.०३ विन्दुमा अडिएको छ। यस दिन १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता ४२ करोड ४३ लाख २३ हजार १२८ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १७ करोडको वृद्धि भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ७ सूचक सकारात्मक रहेका छन् भने बाँकी ५ सूचक नकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह २३.८३ अंकले सबैभन्दा धेरै बढेको छ र ६.६८ अंकले अन्य समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ५ करोड ३७ लाख ८६ हजार २७३ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः सनराइज बैंक सस्थापक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया, मुक्तिनाथ विकास बैंक, शिवम् सिमेन्ट, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा ६.५६ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः विशाल बजार कम्पनीको ६.०३, सामुदायिक लघुवित्तको ४, हिमालयन डिस्टिलरीको ३.६३, वेष्ट फाइनान्सको ३.१३, महालक्ष्मी विकास बैंकको ३.०५, राष्ट्रिय बीमा कम्पनी प्रमोटरको २.५८, हिमालयन जेनरल इन्स्योरेन्सको २.४५, राष्ट्रिय बीमा कम्पनीको २ र नयाँ नेपाल लघुवित्तको १.९९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्यमा ५.६० प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः युनाइनेट मोदी हाईड्रोपावरको ५.२०, पाँचथर पावर कम्पनीको ३.३३, नेपाल इन्भेष्टमेन्ट बैंकको ३.१४, नाडेप लघुवित्तको २.९७, अरुण काबेली जलविद्युतको २.९४, युनिभर्सल पावर कम्पनीको २.३५, सिभिल लघुवित्तको २.१३ र साग्रिला डेभलपमेन्ट बैंकको २  प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment