Tuesday, 6 August 2019

नेप्से परिसूचक ९.३६ अंकले घट्यो, नेप्से परिसूचक १२४५.७३

 २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ९.३६ अंक अर्थात ०.७५ प्रतिशतले बढेर १२४५.७३ विन्दुमा अडिएको छ। यस दिन १६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता ४५ करोड ७ लाख ५५ हजार १८२ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १ करोडले बढेको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ४०.९७ अंकले सबैभन्दा धेरै घटेको छ र ०.०९ अंकले म्युचल फण्ड समूह सबैभन्दा कम घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै कृषि विकास बैंकको ८ करोड ५४ लाख ४१ हजार ३६८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, एनआईसी एशिया, प्रभु बैंक, लुम्बिनी विकास बैंक, सिद्धार्थ बैंक लिमिटेड, नबिल बैंक, सानिमा बैंक, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंक लिमिटेड 
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट जोशी हाईड्रको शेयरमूल्यमा २.७४ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः गुराँस लाइफ इन्स्योरेन्स र लक्ष्मी लघुवित्तको २.६०, कालिका पावर कम्पनीको २.३३, सानिमा इक्विटी फण्डको १.९९, लक्ष्मी भल्यु फण्ड-१ को १.९३, युनाइटेड मोदी हाईड्रोपावरको १.८५, एक्सेल डेभलपमेन्ट बैंकको १.७५, देवः विकास बैंकको १.४१ र सूर्य लाइफ इन्स्योरेन्सको १.३१
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः स्पर्श लघुवित्तको ९.९३, स्वाभिमान लघुवित्तको ९.२१, नेपला एग्रो लघुवित्तको ८.१३, गुराँस लघुवित्तको ७.४२, ग्लोबल आइएमई लघुवित्तको ५.४०, गणपति माइक्रोफाइनान्सको ४.८१, युनाइटेड फाइनान्स लिमिटेडको ४.३७, जनउत्थान सामुदायिक लघुवित्तको ४.०७ र नेरुड लघुवित्तको ३.९७ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment