काठमाण्डौं, नेपाल।
चालू आ.व.को प्रथम ११ महिनामा कुल मूल्य रु. १,२९९ अर्ब ८० करोडको मालवस्तु आयात भएको छ।
आयात भएका प्रमुख पाँच वस्तुहरूमा पेट्रोलियम, बिटुमिन तथा कोइला सबैभन्दा धेरै आयात भएको छ। यस अवधिमा रु. २३१ अर्ब ७३ करोड मूल्यको आयात भएको छ भने गत वर्ष यस अवधिमा आयात रु. २३१ अर्ब ७३ करोड मूल्यको भएको थियो। यो अगिल्लो वर्षको तुलानामा ३१.७६ प्रतिशतले धेरै हो।
दोस्रो स्थानमा फलाम तथा इस्पात रु. १३२ अर्ब ३१ करोड मूल्यको आयात भएको छ भने गत वर्ष सोही अवधिमा रु. ११२ अर्ब ११ करोड मूल्यको आयात भएको थियो। यो अगिल्लो वर्षको तुलानामा १८.०२ प्रतिशतले बढेको छ।
तेस्रो स्थानमा मेशिनरी र तिनका पार्टस रु. १०९ अर्ब ८८ करोड मूल्यको आयात भएको छ भने गत वर्ष सोही अवधिमा रु. ११५ अर्ब ३० करोड मूल्यको आयात भएको थियो। यो अगिल्लो वर्षको तुलानामा ४.७ प्रतिशतले घटेको छ।
त्यसैगरी चौथो स्थानमा सवारी साधन तथा तिनका पार्टपुर्जा (रु. ८४ अर्ब ४२ करोडको आयात भएको, गतवर्ष रु. ७७ अर्ब ८२ करोडको आयात भएको) तथा पाँचौंमा इलेक्ट्रिक, मेशीनरी उपकरण र तिनका पार्टसको रु. ८१ अर्ब ७२ करोडको आयात भएको छ भने गतवर्ष उक्त वस्तुको रु. ६९ अर्ब ८१ करोड मूल्यको आयात पैठारी भएको छ।
चालू आ.व.को प्रथम ११ महिना कुल मूल्य रु. ८७ अर्ब ८३ करोडको मालवस्तु निर्यात भएको छ।
निर्यात भएका प्रमुख पाँच वस्तुहरूमा जीवजन्तु र वानस्पतिक बोसो र तेल पहिलो रहेको छ। यस अवधिमा यसको रु. ११ अर्ब मूल्य बराबरको निर्यात भएको छ भने गतवर्ष सोही अवधिमा जम्मा ३२ करोड मूल्यको मात्र भएको थियो। यो अगिल्लो वर्षको तुलानामा ३२३३.३३ प्रतिशतले बढेको छ।
दोस्रो स्थानमा मानव निर्मित स्टपल फाइबर्स रु. ९ अर्ब ३ करोडको निर्यात भएको छ। गत वर्षको समीक्षा अवधिमा रु. ७ अर्ब ५७ करोडको निर्यात भएको छ। यो गत वर्षको तुलनामा १९.२८ प्रतिशतले बढेको हो।
तेस्रो स्थानमा चिया र कफी रहेका छन्। यस समयमा रु. ७ अर्ब ६२ करोडको निर्यात भयो, गत वर्ष रु.८.४९ अर्बको निर्यात भएको थियो। यो अगिल्लो वर्षको तुलानामा १०.२४ प्रतिशतले कमि आएको छ।
त्यसैगरी चौथो स्थानमा कार्पेट तथा टेक्सटाइल (रु. ७ अर्ब ०५ करोडको निर्यात भएको, गतवर्ष रु. ६ अर्ब ७२ करोडको निर्यात भएको) तथा पाँचौंमा
फलाम तथा इ्स्पातको रु. ५ अर्ब ४३ करोडको आयात भएको छ भने गतवर्ष उक्त वस्तुको रु. ४ अर्ब ६६ करोड मूल्यको निर्यात भएको छ।
तसर्थ, नेपालको निर्यात आयातको तुलनामा निकै कम रहेको निर्क्योल निकाल्न सकिन्छ। अंझ संक्षिप्तमा बुझ्ने हो भने हामीले रु.१ को निर्यात गर्दा रु.१४.७९ को आयात गरिरेहेका छौं।
सन्दर्भ सूचीः
- भन्सार समाचार
- विभिन्न ऐजेन्सी
No comments:
Post a Comment