Monday, 26 August 2019

नेप्से परिसूचक ६.४९ अंकले घटेर १२०३.१३ विन्दुमा, कारोबार रकममा ८.६५ प्रतिशतको वृद्धि

९ भदौं २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ६.४९ अंक अर्थात ०.५४ प्रतिशतले घटेर १२०३.१३ विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको १६ लाख ०३ हजार ३२६ कित्ता ३८ करोड ५ लाख ९६ हजार ५७१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ८.६५ प्रतिशतको वृद्धि भएको हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य सबै सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह ६८.०३ अंकले सबैभन्दा धेरै घटेको छ भने बैकिङ्ग समूह ४.८५, विकास बैंक ४.०८ र फाइनान्स समूह २.४७ अंकले घटेका छन्। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै प्रभु बैंक संस्थापकको १० करोड २१ लाख ६१ हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, एनआईसी एशिया, नेपाल लाइफ इन्स्योरेन्स, रसुवागढी हाईड्रोपावर, सानिमा बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक र मेरो माइक्रोफाइनान्सले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट सल्ट ट्रेडिङ्ग कन्सर्नको शेयरमूल्यमा ४.८७ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः मेरो माईक्रोफाइनान्सको ४.६७, आदीखोला लघुवित्तको ३.८०, कर्णाली विकास बैंकको ३.७७, सबैंको लघुवित्तको ३.७५, युनाइटेड फाइनान्सको २.८९, एनएमबी म्युचल फण्डको २.२९, अरुण काबेली पावरको १.९२, नेशनल हाईड्रोपावरको १.७५, सिद्धार्थ इन्स्योरेन्सको १.७१ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट अख्खुखोला जलविद्युतको शेयरमूल्यमा ५.९७ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः नेपाल इन्भेष्टमेन्ट बैंक प्रगति फण्डको ५.४५, श्रीजना फाइनान्सको ४.४१, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको ४.३०, रसुवागढी हाईड्रोपावरको ४.१०, लक्ष्मी लघुवित्तको ३.८२, मल्टीपर्पोज फाइनान्सको ३.५७, साञ्जेन जलविद्युतको ३.२७, युनियन हाईड्रोपावरको ३.२२ र जानकी फाइनान्स लिमिटेडको ३.१५ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment