Sunday, 25 August 2019

नेप्से परिसूचक ३.४५ ले घटेर १२०९.६२ विन्दुमा, कारोबार रकममा ३३.८५ प्रतिशतको वृद्धि

०८ भाद्र २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.४५ अंक अर्थात ०.२८ प्रतिशतले घटेर १२०९.६२ विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता ३५ करोड २ लाख ६९ हजार ५०९ रुपैयाँमा कारोबार भएको छ। गत साताको आन्तिम करोबार दिन विहिबारको तुलनामा कारोबार रकममा ९ करोड अर्थात ३३.८५ प्रतिशतको वृद्धि भएको हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य २ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी १० सूचक नकारात्मक रहेका छन्। यस दिन उत्पादन तथा प्रशोधन समूह ११.३ अंकले सबैभन्दा धेरै बढेको छ र ५१.०७ अंकले लाइफ इन्स्योरेन्स समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै छिम्मेक लघुवित्तको ३ करोड २१ लाख ३० हजार ८०० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, माथिल्लो तामाकोशी, रसुवागढी हाईड्रोपावर, प्रभु बैंक, नागरिक लगानी कोष र कृषि विकास बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट श्रीजना फाइनान्सको शेयरमूल्यमा ४.२१ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः सपोर्ट माइक्रोफाइनान्सको ३.३४, सिन्धु विकास बैंकको ३.१३, स्वोरोजगार लघुवित्तको ३.०१, गुराँस लघुवित्तको २.९२, बोटलर्स नेपाल तराईको २, जनउत्थान सामुदायिक लघुवित्तको १.९९, नाडेप लघुवित्तको १.९३, सिभिल लघुवित्तको १.९० र ग्रिन डेभलपमेन्ट बैंकको १.८७ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ७.२० प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः युनिभर्सल पावर कम्पनीको ४.८१, आइएमई जेनरल इन्स्योरेन्सको ३.५६, नेशनल हाईड्रो पावर कम्पनी र खानीखोला हाईड्रोपावरको ३.३८, दिव्येश्वरी हाईड्रोपावरको ३.३३, लुम्बिनी जेनरल इन्स्योरेन्सको ३, सेन्ट्रल फाइनान्सको २.६०, इन्फिनिटी लघुवित्तको २.५८ र रसुवागढी हाईड्रोपावरको २.५ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment