Tuesday, 27 August 2019

नेप्से परिसूचक ४.५६ अंकले बढ्यो, कारोबार रकम कत्ति?

 २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४.५६ अंक अर्थात ०.३८ प्रतिशतले बढेर १२०७.६९ विन्दुमा अडिएको छ। यस दिन १६७ कम्पनीको ८ लाख ५० हजार ३८६ कित्ता २४ करोड ४६ लाख ६८ हजार २०९ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १३ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह १४.३८ अंकले सबैभन्दा धेरै बढेको छ र १५.५७ अंकले निर्जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै एनआईसी एशिया बैंकको २ करोड ३६ लाख २८ हजार ००१ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, सिटीजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक लिमिटेड, कृषि विकास बैंक र मेघा बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट सबैको लगुवित्तको शेयरमूल्यमा ९.९४ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः आदिखोला लघुवित्तको ९.८९, प्रग्रेसिभ फाइनान्सको ८.२५, सिन्धु विकास बैंकको ६.२५, दिव्येश्वरी हाईड्रोपावरको ५.१७, वेष्ट फाइनान्स कम्पनीको ४.३५, माहुली सामुदायिक लघुवित्तको ३.९१, युनाइटेड इन्स्योरेन्सको ३.७५, समता माइक्रोफाइनान्सको ३.७२, गणपति माइक्रोफाइनान्सको ३.६९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट सिटी एक्स्प्रेस फाइनान्सको शेयरमूल्यमा ६.८९ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः अरुण काबेली हाईड्रोपावरको ३.७७, एक्सेल डेभलपमेन्ट बैंकको ३.५८, युनियन हाईड्रोपावरको ३.३३, सिटीजन्स म्युचल फण्ड-१ को ३.०३, प्रिमियर इन्स्योरेन्सको २.९७, पाँचथर पावर कम्पनीको २.८५, सिनर्जी पावरको २.४३, प्रुडेन्सियल इन्स्योरेन्सको १.९४, एभरेष्ट इन्स्योरेन्सको १.९३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment