काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ४.५५ अंक अर्थात ०.३६ प्रतिशतले बढेर १२५५.०९ विन्दुमा अडिएको छ। यस दिन १६७ कम्पनीको १५ लाख ०५ हजार ५०६ कित्ता ४४ करोड ३२ लाख ५ हजार ४८१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ३ करोडको कमि भएको हो।
![]() | |
|
कारोबारमा आएका ११ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ३.४९ अंकले सबैभन्दा धेरै बढेको छ र २७.०२ अंकले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ६९ लाख ७८ हजार ०४० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, छिम्मेक लघुवित्त, एनआईसी एशिया, शिवम् सिमेन्ट, मेघा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र मुक्तिनाथ विकास बैंकले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट स्वाभिमान लघुवित्तको शेयरमूल्यमा ४.०४ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः रिलायन्स फाइनान्सको ३.३३, एनएमबी हाईब्रिड फण्ड-१ को २.३७, युनिभर्सल पावर कम्पनीको २.३३, एभरेष्ट इन्स्योरेन्सको १.९९, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १.९२, एनएलजी इन्स्योरेन्सको १.६८, कोर्पोरेट डेभलपमेन्ट बैंक र सानिमा माई हाईड्रोपावरको १.६५ र कञ्चन डेभलपमेन्ट बैंकको १.५६ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट स्पर्श लघुवित्तको शेयरमूल्यमा ९.९१ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः सपोर्ट माइक्रोफाइनान्सको ९.५६, गुराँस लघुवित्तको ९.३२, मिथिल्ला लघुवित्तको ८.१०, इन्फिनिटी लघुवित्तको ७.१०, नेपाल सेवा लघुवित्तको ७.०८, सामुदायिक लघुवित्तको ६.६९, लक्ष्मी लघुवित्तको ६.२८, विजय लघुवित्तको ६.१७ र सिभिल लघुवित्तको ५.७० प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment