Monday, 16 September 2019

नेप्से १६.१८ अंकले घटेर ११२३.८३ विन्दुमा, एक महिनामै लगानीकर्ताको १ खर्ब स्वाहा!!

३० भदौ २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १६.१८ अंक अर्थात १.४२ प्रतिशतले घटेर ११२३.८३ विन्दुमा अडिएको छ। यस दिन १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता ३४ करोड ३९ लाख १८ हजार २२१ रुपैयाँमा कारोबार भएको छ। 


भदौ १ गते कूल बजार पूँजीकरण १५ खर्ब ४२ अर्ब ४ करोड ६७ लाख रहेको थियो भने आज ३० गते सो रकम घटेर १४ खर्ब २७ अर्ब ३३ करोड ९२ लाख रुपैयाँमा झरेको छ।


चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य १ सूचक मात्र सकारात्मक रहेको छ भने बाँकी सबै सूचक नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह ६.३३ अंकले सबैभन्दा धेरै बढेको छ र १३१.६२ अंकले लाइफ इन्स्योरेन्स समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै छिम्मेक लघुवित्तको १ करोड ८० लाख १९ हजार ९४५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, सिटीजन्स बैंक, एनआईसी एशिया, सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट सल्ट ट्रेडिङ्ग कन्सर्नको शेयरमूल्यमा ३.९८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः एनएमबी  माइक्रोफाइनान्सको २.९३, छ्याग्दी हाईड्रोपावरको २.५३, गणपति माइक्रोफाइनान्सको २.४६, श्रीजना फाइनान्सको २.०४, तारागाँउ होटेलको १.८७, रिलायन्स फाइनान्सको १.६९, घोडाघोडी लघुवित्तको १.६७, एशियन लाइफ इन्स्योरेन्सको १.६१ र युनिभर्सल पावर कम्पनीको १.३३ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा ७.०९ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः सिनर्जी पावरको ६.०६, आइएमई जेनरल इन्स्योरेन्सको ५.७३, एनएलजी इन्स्योरेन्सको ५.६७, युनियन हाईड्रोपावरको ५.५५, लुम्बिनी जेनरल इन्स्योरेन्सको ५.४०, प्राइम लाइफ इन्स्योरेन्सको ५, सामुदायिक लघुवित्तको ४.९८, घलाम्दी हाईड्रोपावरको ४.४७ र मिथिल्ला लघुवित्तको ४.२३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment