Tuesday, 24 September 2019

नेप्से परिसूचक झर्ने क्रम नरन्तर, परिसूचक ११३४.५६ विन्दुमा

०७ असोज २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ६.४२ अंक अर्थात ०.५६ प्रतिशतले घटेर ११३४.५६ विन्दुमा अडिएको छ। यस दिन १७१ कम्पनीको ८ लाख ७३ हजार ०७९ कित्ता २१ करोड ८२ लाख ७८ हजार ४४९ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य ३ सूचक सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन विकास बैंक समूह १३.४८ अंकले सबैभन्दा धेरै बढेको छ र ६४.८६ अंकले लाइफ इन्स्योरेन्स समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सानिमा बैंकको ३ करोड १६ लाख ९४ हजार ३१४ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः सिद्धार्थ बैंक संस्थापक, शिवम् सिमेन्ट, प्रभु बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, ज्योति विकास बैंक संस्थापक, एनआईसी एशिया, डेस्प्रोग लघुवित्त र स्ट्याण्डर्ड चाटर्ड बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट खानीखोला हाईड्रोपावरको शेयरमूल्यमा ८.१६ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः घोडाघोडी लघुवित्तको ३.९८, विशाल बजार कम्पनीको ३, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र प्रभु इन्स्योरेन्सको २, सिटी एक्सप्रेस फाइनान्सको १.९८, सिटीजन्स म्युचल फण्डको १.९७, मल्टीपर्पोज फाइनान्सको १.९४, सोल्टी होटेल र युनाइेड मोदी हाईड्रोपावरको १.९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट रैराङ्ग हाईड्रोपावरको शेयरमूल्यमा ७.२७ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः कञ्चन डेभलपमेन्ट बैंकको ४.९१, सिभिल लघुवित्तको ४.९०, तिनाउ मिसन डेभलपमेन्ट बैंकको ३.६५, प्राइम लाइफ इन्स्योरेन्सको ३.६३, गुर्खाज फाइनान्सको ३.६०, आइएमई जेनरल इन्स्योरेन्सको ३.५९, नेपाल इनभेष्टमेन्ट बैंक समृद्धि फण्ड-१ को ३.०२, हिमालयन पावर पार्टनरको २.९८ र राडी विद्युत कम्पनीको २.८९ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment