Wednesday, 25 September 2019

नेप्से परिसूचक ३.०३ अंकले घट्यो, के लगानीकर्ता दसैंको खर्चको जोहो गर्न शेयर बेच्दैं छन?

०८ असोज २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.०३ अंक अर्थात ०.२७ प्रतिशतले घटेर ११३१.५३ विन्दुमा अडिएको छ। यस दिन १६६ कम्पनीको ७ लाख ७७ हजार ७३५ कित्ता १६ करोड ६९ लाख २१ हजार ७९९ रुपैयाँमा कारोबार भएको छ। यो हिजोको तुलनामा ५ करोड १३ लाख अर्थात २३.५० प्रतिशतले कम हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य १० सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन अन्य समूह ३.१९ अंकले सबैभन्दा धेरै बढेको छ र २२.४४ अंकले निर्जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सानिमा बैंकको ८६ लाख ५६ हजार २९२ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डौं, कृषि विकास बैंक, शिवम् सिमेन्ट र स्ट्याण्डर्ड चाटर्ड बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट खानीखोला हाईड्रोपावरको शेयरमूल्यमा ९.४३ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः कर्णाली विकास बैंकको ३.०३, माउन्टेन हाईड्रोपावरको २.५६, देवः विकास बैंकको २.३८, अरुण काबेली पावरको २.३१, विजय लघुवित्तको २, समिट लघुवित्त र ग्लोबल आइएमईको १.९८, युनियन हाईड्रोपावरको १.९६ र एक्सेल डेभलपमेन्ट बैंकको १.८६  प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट टिनाउँ मिसन डेभलपमेन्ट बैंकको शेयरमूल्यमा ६.९६ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रोग्रेसिभ फाइनान्सको ५.७६, गुराँस लघुवित्तको ४.०४, श्रीजना फाइनान्स कम्पनीको ३.०३, हिमालयन जेनरल इन्स्योरेन्सको २.९३, सिनर्जी पावरको २.८९, युनिभर्सल पावर कम्पनीको २.५३, गणपति माइक्रोफाइनान्सको २.५२, लुम्बिनी जेनरल इन्स्योरेन्सको २.५० र पञ्चकन्या माई हाईड्रोपावरको २.२४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment