Monday, 30 September 2019

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, बजारमा दशैं आएकै हो त?

१३ असोज २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १०.४२ अंक अर्थात ०.९३ प्रतिशतले बढेर ११३५.५६ विन्दुमा अडिएको छ। यस दिन १५७ कम्पनीको ६ लाख ३३ हजार ९५१ कित्ता १६ करोड ८८ लाख २८ हजार ९२३ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १३ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य १० सूचक सकारात्मक रहेका छन् भने बाँकी १ सूचक मात्र नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह ७१.८६ अंकले सबैभन्दा धेरै बढेको छ र ६.८२ अंकले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सनराइज बैंकको २ करोड १३ लाख ६० हजार २६५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः प्रभु बैंक, नेपाल बैंक लिमिटेड, सानिमा बैंक, सिटीजन्स बैंक संस्थापक, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, माथिल्लो तामाकोशी, बैंक अफ काठमाण्डू र कृषि विकास बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट युनियन हाईड्रोपावरको शेयरमूल्यमा ५.८८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः साञ्जेन जलविद्युतको ५.५२, टिनाउ मिसन डेभलपमेन्ट बैंकको ५.४४, युनाइटेड फाइनान्सको ५.२०, सनिमा माई हाईड्रोपावरको ४.८६, सिन्धु विकास बैंकको ४.२०, कालिका पावर कम्पनीको ४, सोल्टी होटेल लिमिटेडको ३.८३, जोशी हाइड्रोपावरको ३.७० र शिवम् सिमेन्टको ३.५८ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट माउन्टेन हाईड्रोपावरको शेयरमूल्यमा ३.७० प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः अख्खु खोला जलविद्युतको ३.६३, सानिमा बैंकको ३.६२, मल्टीपर्पोज फाइनान्सको २.९१, सेन्ट्रल फाइनान्स कम्पनीको २.६७, अरुण भ्याली हाईड्रोपावरको २.०८, जनउत्थान सामुदायिक लघुवित्तको १.९०, स्वाभिमान माइक्रोफाइनान्सको १.८७५, एनआईसी एशिया ग्रोथ फण्डको १.८० र मिथिल्ला लघुवित्तको १.७८  प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment