काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १०.१३ अंक अर्थात ०.८९ प्रतिशतले बढेर ११४५.६९ विन्दुमा अडिएको छ। यस दिन १६४ कम्पनीको १३ लाख ८६ हजार ०२८ कित्ता ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १४ करोड अर्थात ८४.४९ प्रतिशतले धेरै हो। हिजो न्यून कारोबार भएकोले ८४ प्रतिशतको वृद्धि धेरै देखिएको हो। सुस्त बजारमा नेप्सेको कारोबार रकम ३०-४० करोड भित्र हुने गरेको छ।
![]() | |
|
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको ७ करोड १ लाख २५ हजार रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिवम् सिमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक, मेघा बैंक, नेपाल टेलिकम, हिमालयन डिष्टीलरी, सिद्धार्थ बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक र कृषि विकास बैंकले धेरै कारोबार गरेका छन्।
![]() | |
|
![]() | |
|
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment