Wednesday, 2 October 2019

नेप्से परिसूचक ४.९८ अंकले घटेर ११४०.७१ विन्दुमा, होटेल क्षेत्रले सबैभन्दा धेरै गुमायो

 १५ असोज २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४.९८ अंक अर्थात ०.४४ प्रतिशतले घटेर ११४०.७१ विन्दुमा अडिएको छ। यस दिन १६१ कम्पनीको ७ लाख ८५ हजार ७४० कित्ता २० करोड ३२ लाख ८७ हजार २३७ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १० करोड ८२ लाख १ हजार ४१५ अर्थात ३४.७३ प्रतिशत को कमि आएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका ११ उपसूचकमध्य २ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन अन्य समूह ६.०४ अंकले सबैभन्दा धेरै बढेको छ र ४९.८८ अंकले होटेल समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै बैंक अफ काठमाण्डूको २ करोड २२ लाख ८४ हजार १६० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः बैंक अफ काठमाण्डू, युनाइटेड फाइनान्स लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, शिवम् सिमेन्ट, एनएलजी एन्स्योरेन्स, प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नेपाल लाइफ इन्स्योरेन्सले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट नेपाल हाईड्रो डेभलपर्स को शेयरमूल्यमा ६.३८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः अख्खु खोला जलविद्युतको ५.६६, युनाइटेड फाइनान्सको ५.१५, सिन्धु विकास बैंकको ३.३१, जनउत्थान सामुदायिक लघुवित्तको १.९९, एनएमबी समृद्धि फण्ड-१ को १.९७, सिटी एक्सप्रेस फाइनान्सको १.८९, गुडविल फाइनान्सको १.८५, विजय लघुवित्तको १.८३ र प्रुडेन्सियल इन्स्योरेन्सको १.८२ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट हिमालयन पावर पार्टनरको शेयरमूल्यमा ५.३६ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ५.०५, सेन्ट्रल फाइनान्स कम्पनीको ४.३८, एनएलजी इन्स्योरेन्सको ४.३३, नाग्दी पावरको ३.९२, सप्तकोशी डेभलपमेन्ट बैंकको ३.८४, सानिमा माई हाईड्रोपावरको ३.४६, ओरियन्टल होटेलको ३.४२, नेपाल इन्स्योरेन्स कम्पनीको ३.३३ र हिमालयन जेनरल इन्स्योरेन्सको ३.२७ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment