काठमाण्डौं, नेपाल।
नमस्कार! याँहाहरु सबैलाई यस ब्लगमा स्वागत छ!!
आज यस ब्लगमा हामी नेपालमा धितोपत्र कारोबारको इतिहास, नेप्से परिसूचकको इतिहास, धितोपत्र कारोबारको वर्तमान अवस्था, नेपालको शेयर बजारमा आएको बुल र बियर र यस अवधिमा लगानीकर्ताले पाएका प्रतिफलको विषयमा चर्चा गर्ने छौं।
नेपालमा धितोपत्र कारोबारको इतिहासः
नेपालमा धितोपत्र बजारको शुरुवात सन् १९९३ मा भयो। त्यतिबेला बिराटनगर जुट मिल्स लिमिटेड र नेपाल बैंकको शेयर सुचिकृत थिए।
कम्पनी ऐन २०२१, सरकारी ऋणपत्र २०२१ र धितोपत्र एक्चेन्ज सेन्टरको सन् २०३२ जस्ता घटनाहरु पूँजी बजार विकासको कारक मानिन्छ।
धितोपत्र एक्चेन्ज सेन्टर स्थापना गर्नुको उद्देश्य धितोपत्रको कारोबारमा सहजकर्ताको भुमिका, पूँजी बजार विकास र प्रवर्धन थियो। नाम परिवर्तन हुनु अगिसम्म यो एक संस्थाले दलाली, सार्वजनिक निस्कासन तथा व्यवस्थापन, ऋणपत्र निस्कासन तथा अन्य सबै सेवा उपलब्ध गराउँदै आइरहेको थियो।
नेपाल सरकारद्धारा संचालित पूँजी बजार सूधार कार्यक्रम २०४९ अन्तर्गत धितोपत्र एक्चेन्ज सेन्टरलाई नेपाल स्टक एक्चेन्ज नामाकरण गरियो। साथै, दलालीको लाईसेन्स बाढ्न थालियो।
हाल नेपालमा ५९ बटा ब्रोकरहरुबाट नेपालीले धितोपत्र कारोबार गरिरेहका छन्। यी संस्थाहरु धितोपत्र ऐन २०६३, यसको नियमावली तथा विनियमावलीको अधिनमा रहेर सेवा प्रवाह गरिरहेका छन्। ब्रोकरहरुलाई विभिन्न जिल्लामा कार्यलय स्थापना गर्न निर्देशन पटक पटक प्रयास भएतापनि दुरदराजसम्म ब्रोकर सेवा पुग्न सकेको छैन्। यत्रो नेपालभरमा जम्मा ५९ बटालाई मात्र लाईसेन्स दिइएको भएर यी संस्थाहरु मुख्य शहरमा मात्र केन्द्रित रहेका छन्। यही समस्याको समाधानको निमित्त वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई विस्तार गर्ने छलफल वर्तमान परिपेक्ष्यमा चलिरेहको छ। ब्रोकरको संख्या वृद्धि र सहज अनलाइन कारोबारको व्यवस्था भएमा पूँजी बजारले ठुलो फड्को मार्ने विश्वास सरोकारवालाहरु माँझ रहेतापनि लाइसेन्स प्रकिया संसदको अर्थ समितिको कारण ढिला भइरहेको छ। अनलाइन कारोबार पहुँच बढेनासाथ पूँजी बजारले ठूलो फड्को मारेको उदाहरणको रुपमा छिमेकी राष्ट भारत नै रहेको छ।
नेपाल स्टक एक्चेन्जः
नेपाल स्टक एक्चेन्जमा सन् २०५० साल पुस २९ गतेबाट कारोबार सरु भएको हो। यस दिन नेप्से परिसूचक १०० रहेको थियो।
नेपालमा धितोपत्र कारोबार सुरु भइको २५ वर्ष भएतापनि सुरुको २ वर्षको तथ्यांक उपलब्ध नरहेकोले २३ वर्षको मात्र तथ्यांक भेटियो। र, हरेक सालको जुलाईको अन्त्यलाई आधार मानेर तथ्यांकलाई वर्गीकरण (चित्रः१) गरिएको छ।
बुल र बियर:
बुलः
प्रथम अवधिः २०५५/५६ देखि २०५६/५७ (२ वर्ष)
दोस्रो अवधिः २०६०/६१ देखि २०६४/६५ (५ वर्ष)
तेस्रो अवधिः २०६८/६९ देखि २०७२/७३ (५ वर्ष)
पहिले पल्टको बुलमा नेप्से परिसूचक २ वर्षमा १६१.२९ देखि ३५५.५६ विन्दुमा पुगेको थियो। यो १२०.४५ प्रतिशतको वृद्धि हो। यस्तैः दोस्रो अवधि (५ वर्ष) मा परिसूचक २०२.९५ देखि १०३४.०२ विन्दुमा पुगेको थियो। तुलानत्मक रुपमा ५ वर्षमा परिसूचक ४०९.४९% ले बढेको थियो। र, तेस्रो पल्टको बुलमा नेप्से परिसूचक ५ वर्षमा ३५८.८२ देखि १८६२.७६ विन्दुमा पुगेको थियो। यो ४१९.१३ प्रतिशतको वृद्धि हो।
बियरः
दोस्रो अवधिः २०६५/६६ देखि २०६७/६८ (३ वर्ष)
तेस्रो अवधिः २०७३/७४ देखि २०७५/७६
पहिले पल्टको बियरमा नेप्से परिसूचक ३ वर्षमा ३५५.५६ देखि २०२.९५ विन्दुमा पुगेको थियो। यो ४२.९२ प्रतिशतको कमि हो। यस्तैः दोस्रो अवधि (३ वर्ष) मा परिसूचक १०३४.०२ देखि ३५८.८२ विन्दुमा पुगेको थियो। तुलानत्मक रुपमा ५ वर्षमा परिसूचक ६५.३०% ले घटेको थियो। र, तेस्रो पल्टमा नेप्से परिसूचक ५ वर्षमा १८६२.७६ देखि १२६५.५७ विन्दुमा पुगेको थियो। यो ३२.०६% को कमि हो। यद्यपि अहिले पनि तेस्रो अवधिको बियर चलिरहेको हो वा अन्त्य भयो भन्नेर किट्टान गर्न नसकिएको हुँदा बजारले कत्ति गुमायो भन्न सकिन्न।
परन्तु, यस बुल र बियरको अवधिमा लगानीकर्तालाई के कत्ति कमाई भो? एक वर्ष र पाँच वर्ष लागि बजारमा लगानी गर्ने व्यक्तिले कति कमाए? लामो अवधिको लगानी भनेको कति समयको हो? भन्ने जस्ता विविध प्रश्नहरु मन आउँनु स्वभाविक हो। र, यसै सन्दर्भमा केन्द्रति रहेर थप विश्लेषण गर्ने प्रयास गर्नेछु।
यो बुझ्नको लागि पहिला CAGR र Rollling Return भन्ने जान्न जरुरी छ।
Compounded Annual Growth Rate (CAGR):
![]() |
CAGR Formula |
https://www.investopedia.com/terms/c/cagr.asp
Rolling Returns:
समयावधि जुन १/२/५ वर्ष जति पनि हुनसक्छ त्यस अवधिमा आएको प्रतिफललाई Rolling Returns भनिन्छ।
https://www.investopedia.com/terms/r/rollingreturns.asp
प्रस्तुत तालिकाको Column 1 मा अंग्रेजी मिति लेखिएको छ भने Column 2 मा इन्डेक्स, Column 3 मा साल, Column 4 मा CAGR र Column 5,6,7,8,9,10 र 11 मा १,३,५,७,९,१० र १५ वर्षमा पाउने प्रतिफल रहेको छ।
माथिको तालिका पढ्ने तरिका रहेको छ। यदि एक लगानीकर्ता सन् १९९७ मा इन्डेक्स १७१.७ भएको बेला बजारमा प्रवेश गरेर १९९९ साल (इन्डेक्स २२६.३१) मा निस्किएको भए; २ वर्षमा हरेक साल १४.८१ प्रतिशतको Annual Compounded Interest को प्रतिफल प्राप्त भएको हुन्थ्यो। यतिको प्रतिफल (ब्याज) बैंकमा मुद्दतीमा राखे पनि प्राप्त गर्न सकिन्न किनकि नेपालका वाणिज्य बैंकले मुद्दतीमा हाल ९ प्रतिशत मात्र ब्याज दिइरहेका छन्। (यसमा कम्पनीद्धारा दिइने लाभांश सम्मिलित गरिएको छैन्।)
साथै, यदि कसैले सन् १९९७ मा इन्डेक्स १७१.७ भएको बेला बजारमा रु. १,००,००० लिएर प्रवेश गरेर २०१८ साल (इन्डेक्स ११९१.४७) मा निस्किएको भए; २१ वर्षमा हरेक साल ९.६६ प्रतिशतको Annual Compounded Interest को प्रतिफल सहित सो लगानी रु. ६,९३,४४६ प्राप्त भएको हुन्थ्यो। (यसमा कम्पनीद्धारा दिइने लाभांश सम्मिलित गरिएको छैन्। परन्तु, यदि यसमा थप कम्पनीले हरेक साल १०% को लाभांश दिने हो भने पनि यो लगानी रु. १४,३३,४७१ हुन्थ्यो।)
यस्तै, Column 5-11 मा Rolling Returns लाई वर्षको आधारमा वर्गीकरण गरिएको छ।
यदि एक लगानीकर्ता सन् १९९८ मा इन्डेक्स १६१.२९ भएको बेला बजारमा प्रवेश गरेर १९९९ साल (इन्डेक्स २२६.३१) मा निस्किएको भए; १ वर्षमा ६५.०२ प्रतिशतको प्रतिफल प्राप्त भएको हुन्थ्यो। र, यदि सन् २०१३ मा इन्डेक्स ५४७.६१ भएको बेला बजारमा प्रवेश गरेर २०१४ साल (इन्डेक्स १०६६.०९) मा निस्किएको भए; १ वर्षमा ५१८.४८ प्रतिशतको प्रतिफल प्राप्त भएको हुन्थ्यो। (यसमा कम्पनीद्धारा दिइने लाभांश सम्मिलित गरिएको छैन्।)
सन् १९९७ मा इन्डेक्स १७१.७ भएको बेला बजारमा प्रवेश गरेर २००० साल (इन्डेक्स ३५५.५६) मा निस्किएको भए; ३ वर्षमा लगानीकर्तालाई १०७.०८ प्रतिशतको प्रतिफल प्राप्त भएको हुन्थ्यो। र, यदि कोही २०१६ मा इन्डेक्स १८६२.७६ भएको बेला बजारमा प्रवेश गरेर २०१९ साल (इन्डेक्स १२६५.५७) मा निस्किएको भए; ३ वर्षमा ३२.०६ प्रतिशतको नकरात्मक प्रतिफल प्राप्त गरेको हुन्थ्यो। (यसमा कम्पनीद्धारा दिइने लाभांश सम्मिलित गरिएको छैन्।)
तलको युट्युबको लिंकमा पनि यस सम्बन्धी भिडियो रेहको छः
https://www.youtube.com/watch?v=QCMVobd7uro&feature=youtu.be
यस्तै गरी ५,७,९ र १५ वर्षको पनि डेटा पढ्न सकिन्छ। यो पढ्ने तरिका माथिको उदाहरणमा बताए सरह नै हो। यस तथ्यांकको अन्त्यमा हेर्न सकिन्छ १ वर्षमा बजार प्रवेश गरेर निस्कने व्यक्तिले २२ वर्षमा १० चोटी नकारात्मक प्रतिफल पाएँ भने केबल १२ चोटी मात्र सकारात्मक प्रतिफल पाएँ। परन्तु, जति लामो समय बजारमा बस्यो त्यती नै नकारात्मक प्रतिफलको मात्रा पनि कम हुदैँ गएको देख्न सकिन्छ। र, सम्भावना (Probability) कै कुरो गर्ने हो भने पनि १ वर्ष मात्र बजारमा टिक्ने लगानीकर्ताको गुमाउँने सम्भावना ४५.४५% रहेको छ भने प्रतिफल पाउँने सम्भावना ५५.५५% रहेको छ। त्यस्तैः ३ वर्ष टिक्नेको हकमा गुमाउँने ३१.८२% र जित्ने ६८.१८%, ५ वर्षको हकमा जित्ने ८१.८२% र गुमाउँने १८.१८%, ७ वर्षको हकमा जित्ने ९५.४५% र गुमाउँने ४.५५%,९ वर्ष देखि माथि बजारमा टिक्नेको हकमा जित्ने १००% र गुमाउँने ०% रहेको छ।
तसर्थ, बजारमा बुल र बियरको छाल आइरहन्छ। र, हरेक बुलको टुप्पो र बियरको पुच्छर समात्न नसके पनि लामो अवधिमा बजार माथिको दिशातर्फ लम्किरहनेछ। यस २३ वर्षे तथ्यांक अनुसार जति जति लामो समय (८/९ वर्ष अथवा सो भन्दा बढी) धैर्य गरेर हामी बजारमा टिक्छौं त्यती नै हामोले गुमाउने सम्भावना पनि कम हुदैं जन्छ भन्ने निर्क्यौल निकाल्न सक्छौं।
धन्यवाद!
जय समृद्धि!!
जय नेपाल!!!
References:
Investopedia, https://www.investopedia.com/terms/r/rollingreturns.asp
Investopedia, https://www.investopedia.com/terms/c/cagr.asp
Nepal Stock Exchange, http://www.nepalstock.com/
No comments:
Post a Comment