Sunday, 13 October 2019

मेरो शेयरमा खरिद आवेदन तथा E-DIS बन्द हुने

२६ असोज २०७६,
काठमाण्डौं, नेपाल।

मेरो शेयर सफ्टवेयरमा डाटा माइग्रेसन सम्बन्धी कार्य हुने भएकोले मिति २०७६/०६/२६ गते बिहान १० बजे देखि साँझ ८ बजे सम्म धितोपत्र खरिद आवेदन तथा E-DIS बन्द हुनेछ।

मेरो शेयर सफ्टवेयरमा लगानीकर्ताले आफ्नो हितग्राही खातमा मौज्दात रहेको धितोपत्रको लागतको भारित औसत गणना गर्न र उक्त धितोपत्र विक्री गरेमा सो को राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि E-DIS प्रविष्टि गर्दा सो धितोपत्रको लागतको भारित औसतको विवरण समेत सम्बन्धित राफसाफ सदस्य लाई प्रदान गर्न सकिने व्यवस्था थप गर्नको लागि एक दिन सिस्टम अपडेट गर्न लागेको हो।

सूचना
सन्दर्भ सामाग्रीः
सि.डि.एस एण्ड क्लियरिङ्ग लिमिटेड

No comments:

Post a Comment