Thursday, 3 October 2019

नेप्से परिसूचक ८.६९ अंकले बढेर ११४९.४० विन्दुमा, कारोबार रकममा २.६६ करोडको कमि

१६ असोज २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ८.६९ अंक अर्थात ०.७६ प्रतिशतले बढेर ११४९.४० विन्दुमा अडिएको छ। यस दिन १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता १७ करोड ६६ लाख ३३ हजार ५१४ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा २.६६ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य १० सूचक सकारात्मक रहेका छन् भने बाँकी १ सूचक मात्र नकारात्मक रहेको छ। यस दिन उत्पादन तथा प्रशोधण समूह ८३.१५ अंकले सबैभन्दा धेरै बढेको छ र ३.२८ अंकले फाइनान्स समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सोल्टी होटेल को ३ करोड १३ लाख ९९ हजार २०० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, प्रभु बैंक, स्वाबलम्बन लघुवित्त, ऐभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नबिल बैंक ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः सप्तकोशी डेभलोमेन्ट बैंकको ४, राष्ट्रिय बीमा कम्पनी संस्थापकको ३.९६, कालिका पावर कम्पनीको ३.९५, सिटी एक्सप्रेस फाइनान्सको ३.७०, लक्ष्मी लघुवित्तको ३.६९, एनएमबी म्युचल फण्डको ३.५८, कामना सेवा विकास बैंक र जोशी हाईड्रोपावरको ३.५७ र फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको ३.०७ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट युनाइटेड फाइनान्सको शेयरमूल्यमा ९.३१ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः अरुण भ्याली हाईड्रोपावरको ४.०८, नेपाल हाईड्रो डेभलपर्सको ४, बैंक अफ काठमाण्डूको ३.७८, मिथिल्ला लघुवित्तको ३.७२, रिडी हाईड्रोपावरको ३.६१, वेष्ट फाइनान्सको ३.३३, छ्याग्दी हाईड्रोपावरको २.४६, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९१ र अख्खु खोला जलविद्युतको १.७८ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment