काठमाण्डौं, नेपाल।
नेपालमा ६०.९ प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको राष्ट्र बैंकको अध्ययनबाट देखिएको छ।
अहिले नेपालमा १७१ बटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्। बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्वन गर्न थालिए पश्चात संख्यामा कमि आएको हो।
![]() |
यस्तै, बैंकको संख्यामा कमि आएँ पनि बैंकहरु बिचको तीब्र प्रतिस्पर्धाले शाखा संख्या दोब्बरभन्दा धेरै गुणा वृद्धि भएका छन्। २०७१ सालमा जम्मा ३४५६ मात्र शाखा संख्या रहेका बैंकहरुको २०७६ साउनसम्ममा ८८०५ पुगेको छ।
सामान्यतया वित्तीय पहुँचको आँकलनमा मुलुकको कुल जनसंख्या र बैंक शखा अनुपात हर्ने प्रचलन छ। यो संख्या घट्दै जादा वित्तीय पहुँच बढेको भन्ने मानिन्छ। २०७५ साल असार मसान्तमा कुल जनसंख्या र बैंक तथा वित्तीय संस्थाहरुको शाखा अनुपात ४३३४ रहेकोमा २०७६ असारमा ३३६३ मा झरेको छ।
यस्तै, प्रदेशगत रुपमा, यो अनुपात सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको छ भने सबैभन्दा धेरै कर्णाली प्रदेशमा रहेको छ।
मैद्रिक नीति अनुरुप सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको कम्तिमा एक शाखा पुर्याउने लक्ष्यमा ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन्। २०७६ असोजसम्मा प्रदेश ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ भने सुदूर पश्चिम छ स्थानीय प्रदेशमा पुग्न बाँकी छ। कर्णाली, प्रदेश २ र प्रदेश ३ का दुई स्थानीय तह र प्रदेश १ र गण्डकी प्रदेश को एक एक स्थानीय तहमा पुग्न बाँकी छ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तार आक्रमक भएसँगै निक्षेप र कर्जा खातामा पनि उल्लेख्य वृद्धि भएको छ। २०७५ असार मसान्तमा १३ लाख १ हजार कर्जा खाता संख्या रहेकोमा सो संख्या यस चालु आ.व. को असार मसान्तसम्म आइपुग्दा १० दशमलव ६८ प्रतिशतले वृद्धि भइ १४ लाख ४० हजार भएको छ।
यस्तै, यस अवधिमा निक्षेप खाताको संख्या २ करोड ३५ लाख ४५ हजार बाट बढेर २ करोड ७८ लाख ६७ हजार पुगेको छ। यो १८ दशमलव ३५ प्रतिशतको वृद्धि हो।
२०७६ असार मसान्तसम्ममा ६७ लाख ८ हजार ५ सय २१ बटा डेविट कार्ड र १ लाख २३ हजार १४६ वटा क्रेडिट कार्डको जारी भएको छ।
मोबाइल बैंकिङ्क प्रयोगकर्ताको संख्या २०७३ मा १७ लाख ५५ हजार रहेकोमा २०७६ सम्ममा करिब ५ गुणाले वृद्धि भई ८३ लाख ४७ हजार पुगेको छ।
'नेपालमा वित्तीय पहँच तीब्र रुपमा बढ्दै गएको छ।' अध्ययनको निष्कर्षमा उल्लेख गरिएको छ, 'बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अर्कोतिर वित्तीय प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दै गएकाले पहुँच बिस्तार हुँदै गएको हो।'
पछिल्लो समय नेपालमा बैंकिङ्ग सेवा पहुँच वृद्धि भई ६०.९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ। लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवालाई समेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच अझँ धेरै रहेको अनुमान गर्न सकिन्छ।
सन्दर्भ सामाग्रीः
नेपाल राष्ट्र बैंक
No comments:
Post a Comment