३ कार्तिक २०७६,
काठमाण्डौं, नेपाल।
यस वर्षको मैद्रिक नीतिमा व्यवस्थानुसार बैंकहरुले यस आर्थिकको अन्त्यसम्ममा चुक्तापूँजीको २५% ऋणपत्र अनिवार्य निष्कासन गरिसक्नु पर्नेछ।
के हो ऋणपत्र भनेको?
तोकिएको समय र दरमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी हुने उपकरणलाई डिबेन्चर (ऋणपत्र) भनिन्छ। लगानीकर्ताले निष्कासनको समयमा तोकिएको ब्याजदर अनुसार अर्धवार्षिक वा वार्षिक रुपमा भक्तानी पाउँछन्। यस्तै, कम्पनी नोक्सानीमा गएतापनि भक्तानीको समय ऋणपत्र लगानीकर्तालाई साधारण शेयर र अग्राधिकार शेयर लगानीकर्ता भन्दा अग्राधिकार हुन्छ। र, यस प्रकारका लगानीकर्तालाई वार्षिक साधारणसभामा भाग लिन र मतदान गर्ने अधिकार हुँदैन।
हाल लक्ष्मी बैंकको रु. २ अर्ब बारबरको ऋणपत्र विक्रीमा छ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा दशवर्षे अवधिको २० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको छ। यससँगै, कुमारी बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, सनराइज बैंक, प्रभु बैंक र आईसीएफसी फाइनान्सले रु. ११ अर्ब ७० करोड बराबरको ऋणपत्र गर्न लागेका छन्।
यो प्राय लामो अवधिको लागि हुने, फिक्स्ड डिपोजिटको तुलनामा धेरै ब्याजदर हुने र ब्याजदरमा भईरहने परिवर्तनीय जोखिमको फाइदा हुने हुनाले यो धेरै उमेर बढि भएका व्यक्ति वा कम जोखिम वहन गर्न सक्नेको लागि उपयुक्त रहन्छ।
यसरी ऋणपत्र जारी भएर पाएको रकम बैंकले शत प्रतिशत लगानी गर्न पाउँछन परन्तु, यसअघि बैंकले केबल रकम कर्जा पूँजी निक्षेप अनुपात अनुसार ८० प्रतिशत मात्र लगानी गर्न पाउँथे। यसै कारणले पनि लगानीयोग्य पूँजी जुटाउन ऋणपत्र जारी गर्ने लर्को लागेको हो।
यद्यपि, आर्थिक नीतिबाट ऋणपत्रलाई थप बिस्तार गर्न खोजे पनि यसको कारोबार दोस्रो बजारमा न्यून छ। यसमा लगानीकर्ताको रुची नभएको भन्ने कुरो थेरै आवेदनमा परेकोले पनि जनाउँछ।
धन्यवाद!
जय नेपाल!!
सन्दर्भ सामाग्रीः
आर्थिक अभियान
नेप्से
नेपाल धितोपत्र बोर्ड
No comments:
Post a Comment