काठमाण्डौं, नेपाल।
नेपाल राष्ट बैंकद्धारा भर्खरै प्रकाशित भएको आर्थिक तथा वित्तीय स्थति प्रतिवेदन अनुसार नेपालमा महङ्गी बढेको छ।
सार्वजनिक गरिएको प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षको भदौंसम्म उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रेहको छ भने अघिल्लो वर्षको सोही अवधिमा ३.८६ प्रतिशत मात्रै रहेको थियो।
भदौं महिनाम गैर-खाद्य तथा सेवा मुद्रास्फीति ५.८९ प्रतिशत र खाद्य तथा पेय पदार्थ मुद्रास्फीति ६.५१ प्रतिशत रहेको छ। समिक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। त्यसैगरी, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिता वस्तु सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९० प्रतिशत, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति रहेको छ।
समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१६ प्रतिशत रहेकोमा भारतमा सेप्टेम्बर महिनामा यस्तो मुद्रास्फीति ३.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ३.८६ प्रतिशत र भारतको ३.७० प्रतिशत रहेको थियो ।
२०७६ भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोहीमहिनामा उक्त मुद्रास्फीति ८.७० प्रतिशत रहेको थियो। समीक्षा महिनामा प्राथमिक वस्तु समूहको थोक मुद्रास्फीति उच्च रहेको छ। समीक्षा महिनामा यातायात, उपकरण तथा पार्ट्स, रासायनिक वस्तु र खाद्य पदार्थ उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ।
वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४१ प्रतिशत, ३.४० प्रतिशत र २.४६ प्रतिशत रहेको छ।
२०७६ भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १२.८८ प्रतिशतले बढेको छ।
२०७६ भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १२.८८ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.३० प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क १२.६८ प्रतिशतले बढेको छ ।
सन्दर्भ सामाग्रीः
नेपाल राष्ट्र बैंक, https://www.nrb.org.np/ofg/current_macroeconomic/CMEs%20Two%20Month-Nepali%20Final%20compilation%20Nepali%202076-77.pdf
No comments:
Post a Comment