काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १४.१३ अंक अर्थात १.२४ प्रतिशतले बढेर ११४९.५१ विन्दुमा अडिएको छ। यस दिन १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता ४६ करोड ४२ लाख २० हजार ३९२ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ११ सूचक सकारात्मक रहेका छन् भने बाँकी एक सूचकमा कुनै परिवर्तन भएको छैन्। यस दिन निर्जीवन बीमा समूह १५६.९१ अंकले सबैभन्दा धेरै बढेको छ र ० अंकले म्युचल फण्ड समूह स्थिर रहेको छ।
![]() | |
|
![]() | |
|
यस दिनको बजारबाट नाडेप लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः नेपाल सेवा लघुवित्तको ९.९५, सम्मिट लघुवित्तको ९.८३, समता माइक्रोफाइनान्सको ९.८०, अरुण काबेली पावरको ९.७३, मिथिल्ला लघुवित्तको ९.५२, आधीखोला लघुवित्तको ८.७१, एनएलजी इन्स्योरेन्सको ८.६५, सपोर्ट माइक्रोफाइनान्सको ७.८९ र विजय लघुवित्तको ७.४७ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट नबिल इक्विटी फण्डको शेयरमूल्यमा ५.७४ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः सिभिल बैंक लिमिटेडको २.१४, एनआईसी ब्यालेन्स फण्डको १.९१, ग्लोबल आइएमई समुन्नत फण्डको १.९१, सिद्धार्थ इक्विटी फण्डको १.८९, सानिमा इक्विटी फण्डको १.७३, बरुण हाईड्रोपावरको १.२९, लक्ष्मी बैंक लिमिटेडको १.१०, हिमालयन उर्जा कम्पनी र प्रोग्रेसिभ फाइनान्सको १.०३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment