Sunday, 15 December 2019

नेप्से परिसूचक ४.७८ अंकले घटेर ११६७.८६ विन्दुमा, कारोबार रकम आधा अर्ब माथि

२९ मंसिर २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४.७८ अंक अर्थात ०.४१ प्रतिशतले घटेर ११६७.८६ विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता ६८ करोड ६० लाख ७६ हजार १११ रुपैयाँमा कारोबार भएको छ। 


चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य ३ सूचक सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह १५.९२ अंकले सबैभन्दा धेरै बढेको छ भने १५१.९२ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै एनएमबी बैंकको ६ करोड ३७ लाख १५ हजार ९५३ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, स्वाबलम्बन लघुवित्त संस्थापक, एनआईसी एशिया, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, स्वाबलम्बन लघुवित्त, प्रभु इन्स्योरेन्स, डेस्प्रेग लघुवित्त र नबिल बैंकले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः युनाइटेड इन्स्योरेन्सको ६.४१, युनाइटेड मोदी हाईड्रोपावरको ५.६१, सिन्धु विकास बैंकको ५.५६, युनियन हाईड्रोपावरको ५.४५, अख्खु खोला हाईड्रोपावरको ५.०२, नेशनल हाईड्रो डेभलपर्सको ४.५९, एभरेष्ट इन्स्योरेन्सको ४.२८, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.३५ र सिनर्जी पावरको ४.२१ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट स्पर्श लघुवित्तको शेयरमूल्यमा ६.४० प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः गणपति माइक्रोफाइनान्सको ५.७९, कालिका पावर कम्पनीको ५.६८, फर्स्ट माइक्रोफाइनान्सको ५.२९, लुम्बिनी जेनरल इन्स्योरेन्सको ४.७२, आइएमई जेनरल इन्स्योरेन्सको ४.६१, नयाँ नेपाल लघुवित्तको ४.६०, घोडाघोडी लघुवित्तको ४.५५, विजय लघुवित्तको ४.४९ र सपोर्ट माइक्रोफाइनान्सको ४.४८ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ४ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment