८ फागुन २०७६, काठमाण्डौं, नेपाल। नेप्से परिसूचक २९.३२ अंक अर्थात २.०९ प्रतिशतले बढेर १४३४.५७ विन्दुमा अडिएको छ। यस दिन १८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता २ अर्ब ७८ करोड ४ हजार ९०८ रुपैयाँमा कारोबार भएको छ।
चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य १० सूचक सकारात्मक रहेका छन् भने बाँकी २ सूचक नकारात्मक रहेका छन्। यस दिन लघुवित्त समूह ६.३५ प्रतिशत ले सबैभन्दा धेरै बढेको छ र १.१० प्रतिशतले ट्रेडिङ्ग समूह सबैभन्दा धेरै घटेको छ।
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड २ लाख १३ हजार ०९५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, ग्रामिन विकास लघुवित्त, शिखर इन्स्योरेन्स, निको इन्स्योरेन्स, नागरिक लगानी कोष, फर्स्ट माइक्रोफाइनान्स, मेरो माइक्रोफइानान्स र नेपाल इन्स्योरेन्स कम्पनीले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट बोटलर्स नेपाल तराईको शेयरमूल्यमा ९.९९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः फर्स्ट माइक्रोफाइनान्स र एनएमबी माइक्रोफाइनान्सको ९.९८, कालिका लघुवित्तको ९.९५, मेरो माइक्रोफाइनान्सको ९.९४, स्वाभिमान लघुवित्तको ९.९३, आरएसडिसी लघुवित्तको ९.९०, तारागाउँ होटेलको ९.८७, बुटवल पावर कमपनीको ९.७० प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट राडी विद्युतको शेयरमूल्यमा ४.३९ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः समृद्धि फाइनान्सको ३.७०, नबिल इक्विटी फण्डको २.८१, सोपोर्ट माइक्रोफाइनान्सको २.६७, सल्ट ट्रेडिङ्ग कोर्पोरेसनको १.८०, खानीखोला हाईड्रोपावरको १.८८, अख्खुखोाल जलविद्युतको १.७५, नेपाल क्रेडिट एण्ड कमर्श बैंक संस्थापक र लक्ष्मी म्युचल फण्डको १.६६ र अप्पि पावरको १.४४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
No comments:
Post a Comment