Tuesday, 25 February 2020

नेप्से परिसूचक ४३.०२ अंकले बढेर १५४५.१९ विन्दुमा, कारोबार रकम तीन अर्ब!

१३ फागुन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४३.०२ अंक अर्थात २.८६ प्रतिशतले बढेर १५४५.१९ विन्दुमा अडिएको छ। यस दिन १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक सकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह ७.७८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.५८ प्रतिशतले होटेल समूह सबैभन्दा कम बढेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १६ करोड ३३ लाख ५१ हजार १६८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल लाइफ, शिखर इन्स्योरेन्स, निको इन्स्योरेन्स, एनएमबी बैंक, एनआईसी एशिया, नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः हिमलायन डिष्टिलरी, स्वदेशी लघुवित्तको १०, युनिलिभर नेपाल लिमिटेडको ९.९९, शिखर इन्स्योरेन्सको ९.९८, लाइफ इन्स्योरेन्स कम्पनीको ९.९३, नेशनल हाईड्रो पावर कम्पनीको ९.८४, अरुण भ्याली हाईड्रोपावरको ९.७१, अप्पि पावरको कम्पनीको ९.६३ र राधी जलविद्युतको ९.६३ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
दिव्याश्वोरी हाईड्रोपावरको शेयरमूल्यमा ३.६३ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रोग्रशिभ फाइानान्सको २.६७, रिलायन्स फाइनान्सको २.६४, एभरेष्ट बैंक कनभर्टेबलको १.९२, एनआईबिएल प्रगति फण्डको १.१७, पाँचथर पावर कम्पनीको ०.७६, सोल्टी होटेल लिमिटेडको ०.५०, प्राइम कमर्सियल बैंकको ०.३१ र कलिका माइक्रोफाइनान्सको ०.२६ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment