काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ४.४७ अंक अर्थात ०.३२ प्रतिशतले बढेर १४०४.४७ विन्दुमा अडिएको छ। यस दिन १७७ कम्पनीको ३४ लाख १३ हजार ९०६ कित्ता १ अर्ब ६० करोड ३९ लाख ३८ हजार १६१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ५२ करोडको कमि भएको हो।
![]() | |
|
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ५३ लाख ३१ हजार ८७० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः हिमालयन डिष्टिलरी, ग्रामिन लघुवित्त, साना विकास बैंक, इनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, स्वाबलम्बन लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र निको इन्स्योरेन्सले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट सामुदायिक लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः बोटलर्स नेपाल तराईको ९.९९, कालिका लघुवित्तको ९.९०, आशा लघुवित्तको ९.६२, हिमालयन डिष्टिलरी लिमिटेडको ८.४७, साना किसान विकासको ७.६२, घलाम्दी हाईड्रोपावरको ७.२५, नेशनल माइक्रोफाइनान्सको ६.६४, छिमेक लघुवित्तको ६.४८ र ग्रामिन विकास लघुवित्तको ६.२१ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट मल्टीपर्पोज फाइनान्सको शेयरमूल्यमा ९.५५ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रोग्रेशिभ फाइनान्सको ३.५७, माउन्टेन हाईड्रोपावरको ३.०९, राष्ट्रिय बीमा कम्पनीको २.८२, सिद्धार्थ इक्विटी फण्डको २.४७, एनआईबिल समृद्धि फण्ड १ को २.४३, ग्रिन डेभलपमेन्ट बैंकको २.१७, राष्ट्रिय बीमा कम्पनी संस्थापकको २.०९, युनाइटेड इन्स्योरेन्स कम्पनीको २.०१ र सेन्ट्रल फाइनान्सको २ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment