काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १९.३९ अंक अर्थात १.४४ प्रतिशतले बढेर १३६४.९७ विन्दुमा अडिएको छ। यस दिन १७६ कम्पनीको ४१ लाख ५ हजार १३४ कित्ता १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७०१ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा २० करोडको बढोत्तरी भएको छ। त्यस्तै बजार पूँजीकरण पनि बढेर १७ खर्ब ३९ अर्ब ९० करोड पुगेको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ६.७२ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.६४ प्रतिशतले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १८ करोड ४ लाख २० हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, निको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट राडी विद्युत कम्पनीको शेयरमूल्यमा ९.४९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः एनएलजी इन्स्योरेन्सको ९.४६, नाग्दी पावरको ९.२४, नेपाल हाईड्रो डेभलपर्सको ९.२३, राष्ट्रिय बीमा कम्पनीको ९.१०, राष्ट्रिय बीमा कम्पनी संस्थापकको ८.८१, शिखर इन्स्योरेन्सको ७.७१, सगरमाथा इन्स्योरेन्सको ७.४३, इन्फिनिटी लघुवित्तको ७.३९ र प्रभु इन्स्योरेन्सको ६.६९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट नबिल ब्यालेन्स फण्ड-२ को शेयरमूल्यमा ६.६७ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः सेन्ट्रल फाइनान्स कम्पनीको ५.८८, जानकी फाइनान्सको ५.०२, गुहेश्वरी फाइनान्सको ३.५७, नबिल इक्विटी फण्डको ३.१७, मल्टीपर्पोज फाइनान्स कम्पनीको २.८१, ग्रिन डेभलपमेन्ट बैंकको २.१७, जलविद्युत लगानी तथा विकास कम्पनीको २.१५, युनिलिभर नेपाल लिमिटेडको १.९९ र सानिमा इक्विटी फण्डको १.९६ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment