Monday, 17 February 2020

नेप्से परिसूचक ३४.२६ अंकले बढेर १३९८८.२४ विन्दुमा, कारोबार रकम कत्ति?

५ फागुन २०७६,
काठमाण्डौं, नेपाल।



नेप्से परिसूचक ३४.२६ अंक अर्थात ०.०९ प्रतिशतले बढेर १३९८८.२४ विन्दुमा अडिएको छ। यस दिन १७५ कम्पनीको ६४ लाख ७४ हजार ७५० कित्ता २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ३५.८६ प्रतिशत अर्थात ७० करोडको कमि भएको हो।


चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक सकारात्मक रहेका छन् । यस दिन ट्रेडिङ्ग समूह ४.९८  प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.४ प्रतिशतले माइक्रोफाइनान्स समूहमा झिने वृद्धि भएको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै शिवम् सिमेन्टको १२ करोड ९४ लाख ९० हजार २३८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिखर इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, निको इन्स्योरेन्स, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एशियन लाइफ इन्स्योरेन्स र ग्रमिण विकास लघुवित्त
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट पञ्चकन्या माई हाईड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः न्याग्दी पावर र राष्ट्रिय बीमा कम्पनीको १०, अरुण काबेली पावरको ८.५९, सेन्ट्रल फाइनान्सको ८.३३, नबिल इक्विटी फण्डको ८.१४, हिमालयन पावर पार्टनरको ७.५३, हिमालयन बैंक लिमिटेडको ७.४३ र स्ट्याण्डर्ड चाटर्ड बैंकको ६.५६
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
नेपाल हाईड्रो डेभलपर्सको शेयरमूल्यमा ५.६३ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः नाडेप लघुवित्तको ३.१२, नेरुँड लघुवित्तको ३.१०, गणपत्ति माइक्रोफाइनान्सको २.७३, सपोर्ट माइक्रोफाइनान्सको २.७१, इन्फिनिटी लघुवित्तको २.६४, मेरो माइक्रोफाइनान्सको २.५९, घोडाघोडी लघुवित्तको २.३५, प्राइम लाइफ इन्स्योरेन्सको २.२४ र मिथिल्ला लघुवित्तको २.१३ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment