Tuesday, 18 February 2020

नेप्से परिसूचकमा झिने अंकको सुधार, कारोबार रकम २ अर्ब माथि!

६ फागुन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १.७७ अंक अर्थात ०.१३ प्रतिशतले बढेर १४००.०१ विन्दुमा अडिएको छ। यस दिन १८१ कम्पनीको ५४ लाख ६८ हजार ४८३ कित्ता २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ०३४ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ५६ करोडको कमि भएको हो।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ५ सूचक सकारात्मक रहेका छन् भने ७ सूचक नकारात्मक रहेका छन्। यस दिन म्युचल फण्ड समूह १.९६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र १.६८ प्रतिशतले हाईड्रोपावर समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै एनआईसी एशिया बैंकको १० करोड ६५ लाख १५ हजार ६६२ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनएमबी बैंक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, प्रभु बैंक र निको इन्स्योरेन्स
ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट कालिका लगुवित्तको शेयरमूल्यमा ९.८७ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः घलाम्दी हाईड्रोपावरको ९.५२, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.१७, माउन्टेन हाईड्रोपावरको ४.३०, राष्ट्रिय बीमा कमपनीको ४.२४, बोटलर्स नेपाल तराईको ४.१८, एनएमबी हाईब्रिड फण्ड -१ को ३.७८, कामना सेवा विकास बैंकको ३.७०, जोशी हाईड्रोपावरको ३.२८ र एनएमबी बैंकको २.७६ 
प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट लक्ष्मी लघुवित्त
को शेयरमूल्यमा ५.६८ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः पाँचथर पावर कम्पनीको ४.५१, सेन्ट्रल फाइनान्सको ३.८४, गुहेश्वरी फाइनान्सको ३.६७, नेपाल फाइनान्सको ३.६४, नेपाल सेवा लघुवित्तको ३.६१, सानिमा इक्विटी फण्ड र एनएलजी इन्स्योरेन्सको ३.६०, हिमालयन उर्जाको ३.५७ र हिमालयन पावर पार्टनरको ३.१८ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment