Sunday, 1 March 2020

नेप्से परिसूचक ४०.८२ अंकले घटेर १५९१.३६ विन्दुमा; कारोबार रकममा फेरि नयाँ रेकर्ड, कत्तिको भयो कारोबार?

१८ फागुन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४०.८२ अंक अर्थात २.५० प्रतिशतले घटेर १५९१.३६ विन्दुमा अडिएको छ। यस दिन १८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २१७ कित्ता ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका १२ उपसूचकमध्य ११ सूचक नसकारात्मक रहेका छन् भने बाँकी एक सूचक मात्र सकारात्मक रहेको छ। यस दिन फाइनान्स समूह ०.६ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ५.२१ प्रतिशतले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै एनएमबी बैंकको २६ करोड ६३ लाख ७४ हजार १९७ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, नेपाल बैंक लिमिटेड, नबिल बैंक, हिमालयन डिष्टिलरी लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र एशियन लाइफ इन्स्योरेन्सले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा ९.९० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः मञ्जुश्री फाइनान्सको ९.८८, एक्सेल डेभलपमेन्ट बैंकको ६.६२, नेशनल माइक्रोफाइनान्सको ४.३५, छ्याग्दी हाईड्रोपावरको ४.०४, अरुण भ्याली हाईड्रोपावरको ३.९२, पोखरा फाइनान्स लिमिटेडको २.९४, मेघा बैंकको २.३६, ग्लोबल आइएमई बैंक र विशाल बजार कम्पनीको १.९६ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट बोटलर्स नेपाल तराईको शेयरमूल्यमा ९.९९ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः स्वभिमान लघुवित्तको ८.८९, युनिभर्सल पावर कम्पनीको ७.८६, जोशी हाईड्रोपावरको ७.२४, बोमी माइक्रोफाइनान्सको ६.६६, एनएमबी माइक्रोफाइनान्सको ६.६३, सपोर्ट माइक्रोफाइनान्सको ६.४८, न्याग्दी ग्रुप पावरको ६.४७, राष्ट्रिय बाणिज्य बैंक संस्थापकको ६.३७ र पञ्चकन्या माई हाईड्रोपावरको ६.३१ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment