Thursday, 19 March 2020

नेप्से परिसूचक १३.५० अंकले बढेर १२६९.३० विन्दुमा, कारोबार रकम कत्ति?

६ चैत २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १३.५० अंक अर्थात १.०८ प्रतिशतले बढेर १२६९.३० विन्दुमा अडिएको छ। यस दिन १७३ कम्पनीको ५१ लाख ०६ हजार ६८१ कित्ता १ अर्ब ९० करोड ३१ लाख ४२ हजार ००८ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १३ करोडको कमि भएको हो।


चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह २.०८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.३२ प्रतिशतले होटेल समूह सबैभन्दा धेरै घटेको छ। 


चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ३१ करोड ३३ लाख ०५ हजार ४८७ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, एनएमबी बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक र ग्लोबल आइएमई बैंक
ले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट जनउत्थान सामुदायिक लगुवित्तको शेयरमूल्यमा ९.९६ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः राडी जलविद्युतको ९.५५, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६.७४, कर्णाली विकास बैंकको ६.०६, माउन्टेन हाईड्रोपावरको ६.०२, एनआईबीएल समृद्धि फण्ड १ को ५.८८, जोशी हाईड्रोपावरको ५.४५, कालिका लघुवित्तको ५.०३, आइसिएफसी फाइनान्सको ४.८८ र कामना सेवा विकास बैंकको ४.७३
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट सेन्ट्रल
 फाइनान्सको शेयरमूल्यमा ९.५२ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०६, श्री इन्भेष्टमेन्ट फाइनानन्सको ६.५३, नेपाल हाईड्रो डेलपर्सको ६.४, मञ्जुश्री फाइनान्सको ६.१७, एनआईसी एशिया ग्रेथ फण्डको ५.६२५, सिन्धु विकास बैंकको ५.२२, गुर्खाज फाइनान्सको ४.९५, विशाल बजार कम्पनीको ३.९५ र युनियन हाईड्रोपावरको ३.६३ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment