Thursday, 19 March 2020

नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १२५५.८० विन्दुमा, कारोबार रकम कत्ति?

६ चैत २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक १६.२६ अंक अर्थात १.२८ प्रतिशतले घटेर १२५५.८० विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ रुपैयाँमा कारोबार भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य एघार सूचक नसकारात्मक रहेका छन् भने बाँकी एक सूचक सकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह २.१२ प्रतिशतले सबैभन्दा धेरै घटेको छ र ३.२४ प्रतिशतले ट्रेडिङ्ग समूह सबैभन्दा धेरै घटेको छ।

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३१ लाख ७९ हजार ६७९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनआईसी एशिया बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष र एभरेष्ट बैंकले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट गनउत्थान सामुदायिक लगुवित्तको शेयरमूल्यमा ९.९६ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः माउन्टेन हाईड्रोपावरको ७.७९, सल्ट ट्रेडिङ्ग कम्पनीको ५.४३, दिव्येश्वरी हाईड्रोपावरको ४.०८, स्पर्श लघुवित्तको ३.८४, स्वाभिमान लघुवित्तको ३.८०, बोटलर्स नेपाल तराईको ३.५३, सिन्धु विकास बैंकको ३.०८, सबैको लघुवित्तको २.९६ र ज्योति विकास बैंकको २९४प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट विशाल बजार कम्पनीको शेयरमूल्यमा ६.०२ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः सपोर्ट माइक्रोफाइनान्सको ६, रिलायन्स फाइनान्सको ५.३८, प्रभु इन्स्योरेन्सको ५.१३, मल्टीपर्पोज फाइनान्स कम्पनीको ४.९५, ग्रामिण विकास लघुवित्तको ४.२३, एनएलजी इन्स्योरेन्सको ४.२१, सिद्धार्थ इन्स्योरेन्सको ४.१३, ग्लोबल आइएमई बैंक संस्थापकको ३.७५ र ओरियन्टल होटेलको ३.७१ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment