Thursday, 19 March 2020

नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा माग भन्दा २.५७ गुणा धेरै आवेदन

६ चैत २०७६,
काठमाण्डौं, नेपाल।


नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा करिब ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङका अनुसार तेस्रो दिन (बिहीबार) साझसम्ममा २ लाख ९३ हजार २६४ जनाले आवेदन ३ करोड ८९ लाख ६ हजार ७९० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा २.५७ गुणा धेरै आवेदन हो । यसमा २ लाख २९ हजार ६४० जनाले आवेदन दिइसकेका छन् । 
कम्पनीले मंगलबार चैत ४ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीले कुल पुँजी १० अर्बको १६% ले हुन आउने पुँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ५% ले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।
 
बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्तामा मात्र सर्वसाधरणले आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको हो । यो आइपीओ चैत ७ गते बिक्री बन्द हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 
हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।

सन्दर्भ सामग्रीः
आरबीबी मर्चेन्ट बैकिंङ

No comments:

Post a Comment