काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ६३.१४ अंक अर्थात ४.६६ प्रतिशतले घटेर १३१३.०४ विन्दुमा अडिएको छ। यस दिन १७४ कम्पनीको ५५ लाख ७० हजार ०३० कित्ता २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकहरु सबै सूचक सकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह ६२१.८८ अंकले सबैभन्दा धेरै बढेको छ र १८.२३ अंकले अन्य समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ३६ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनआइसी एशिया बैंक, एनएमबी बैंक, शिवम् सिमेन्ट, नेपाल बैंक लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक र प्रभु बैंकले धेरै कारोबार गरेका छन्।
![]() | |
|
![]() | |
|
उता, आजको बजारबाट सामुदायिक लघुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः हिमालयन जेनरल इन्स्योरेन्सको १०, मिथिल्ला लघिवत्तको ९.९८, नेरुड लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र नेपाल सेवा लघुवित्तको ९.९१, मेरो माइक्रोफाइनान्सको ९.८९, सगरमाथा इन्स्योरेन्सको ९.८५, सूर्य लाइफको ९.६८ र प्राइम लाइफ इन्स्योरेन्सको ९.३५ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment