Monday, 16 March 2020

नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ विन्दुमा, कारोबार रकम कत्ति?

३ चैत २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.३५ अंक अर्थात ०.२६ प्रतिशतले बढेर १३१६.३९ विन्दुमा अडिएको छ। यस दिन १८० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ रुपैयाँमा कारोबार भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य ९ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन माइक्रोफाइनान्स समूह १.९ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र १.९४ प्रतिशतले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ।

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ४० लाख ८९ हजार २५३ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनआइसी एशिया बैंक, एनएमबी बैंक, हिमालयन डिष्टिलरी, नबिल बैंक, नागरिक लगानी कोष, निको इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, शिवम् सिमेन्ट र छिम्मेक लघुवित्तले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट सिभिल लगुवित्तको शेयरमूल्यमा ९.८८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः जनउत्थान सामुदायिक लघुवित्तको ८.१७, मित्तेरी डेभलपमेन्ट बैंकको ७.२१, रादी जलविद्युतको ६.४१, गुराँस लघुवित्तको ५.९८, मञ्जुश्री फाइनान्सको ५.६०, मल्टीपर्पोज फाइनान्सको ५, एनएमबी माइक्रोफाइनान्सको ४.३४, गणपति माइक्रोफाइनान्सको ३.९० र नेशनल माइक्रोफाइनान्सको ३.८७ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट युनिलिभर नेपालको शेयरमूल्यमा ५.८७ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः नेपाल सेवा लघुवित्तको ५.३५, माउन्टेन हाईड्रोपावरको ३.५७, राडी जलविद्युतको ३.५०, महिला सहयात्री माइक्रोफाइनान्सको ३.०९, सिटीजन्स म्युचल फण्ड-१को ३.०८, वेष्ट फाइनान्सको ३, नबिल इक्विटी फण्डको २.८६, कलिका लघुवित्तको २.८० र युनाइटेड फाइनान्सको २.७७ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment