Showing posts with label डायरी. Show all posts
Showing posts with label डायरी. Show all posts

Monday, 4 May 2020

सपना

२२ वैशाख २०७६,
काठमाडौं, नेपाल।

बन्नु छ ठूलो मान्छे,
सायद, भाग्य राम्रो भए!
कमाउनु छ अथाह,
सायद, भाग्य राम्रो भए!!

चढ्नु छ ल्यामबोरगिनी,
सायद, भाग्य राम्रो भए!
किन्नु छ बालुवाटारमा घर,
सायद, भाग्य राम्रो भए!!

मैका मिले गर्नु छ देशको सेवा,
सायद, भाग्य राम्रो भए!
पाइएला टिकट पैसा बिना,
सायद, भाग्य राम्रो भए!!

बनिएला मन्त्री; गइएला सिंह दरबार,
सायद, भाग्य राम्रो भए!
मनमा आगो बिना कसरी पुरा होला सपना?,
सायद, भाग्य राम्रो भए!!🤣

Tuesday, 17 March 2020

नेप्से परिसूचक ३.३७ प्रतिशतले घटेर १२६८.६८ विन्दुमा, कारोबार रकम डेढ अर्ब

४ चैत २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४४.३३ अंक अर्थात ३.३७ प्रतिशतले घटेर १२६८.६८ विन्दुमा अडिएको छ। यस दिन १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता १ अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ रुपैयाँमा कारोबार भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य एघार सूचक नकारात्मक रहेका छन् भने बाँकी एक मात्र सूचक सकारात्मक रहेको छ। यस दिन निर्जीवन बीमा समूह ६.१८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ र ०.४६ प्रतिशतले म्युचल फण्ड समूह सबैभन्दा धेरै बढेको छ।

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै एनआइसी एशिया बैंकको १० करोड ७ लाख १ हजार ९६२ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी, नेपाल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंक संस्थापकले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी
यस दिनको बजारबाट जोशी हाईड्रोपावरको शेयरमूल्यमा ७.६९ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः घलाम्दी हाईड्रोपावरको ३.२८, विशाल बजार कम्पनीको १.९९, एनएमबी हाईब्रिड फण्ड १ को १.८४, माथिल्लो तामाकोशीको १.३२, नबिल इक्विटी फण्डको १.२८, बोटलर्स नेपाल तराईको १.१७, नबिल ब्यालेन्स फण्ड २ को ०.९८ र एनआइसी एशिया ग्रोथ फण्डको ०.८५ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः नेपाल सेवा लघुवित्तको ९.९८, स्वाभिमान लघुवित्तको ९.९३, नेपाल इन्स्योरेन्स कम्पनीको ९.८९, युनाइटेड इन्स्योरेन्सको ९.८५, गुराँस लघुवित्तको ९.६०, ग्रामिण विकास लघुवित्तको ८.७९, कालिका माइक्रोक्रेडिटको ८.२९, आरएमडिसी लघुवित्तको ८.०५ र एनएमबी माइक्रोफाइनान्सको ७.९४ प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

Sunday, 7 July 2019

मन

मेरो मन कर्कलाको पातमा भएको पानी थोपा जस्तो भएको छ। कर्कलोको पातमा जसरी पानीको थोपालाई जता मनलाग्यो त्यतै लान सकिन्छ त्यसरी नै मेरो मन पनि कहिले एउटा कुनामा डुल्छ त कहिले अर्को कुनामा डुल्न हिड्छ, मात्र यसलाई हल्लाउने म होइन्।

स‍-साना इच्छा वा सपना पूर्तिको लागि नदिझैं भावनाको वेगमा बगिरहन्छ त कहिले समतल जमिनको तालझैं शान्त, निस्भाव र शून्य बनिदिन्छ।

तर, कर्कलोलाई आफैं हल्लाउने र तालझैं शान्त, निस्भाव र शून्य भईरहन शरीरमा जीवन रहुनजेलसम्म सम्भव रहला???

Sunday, 30 June 2019

स्वार्थ केन्द्रित मान्छे!

१० साउन २०७४,
काठमाण्डौं, नेपाल।

घामको तापले केही असहज भएको थियो। तर, बाद्यता शरीमा भिटामिन डी को कमि थियो। यस्तै कुराहरु खेलिरहेको थियो मनमा।

एकास्सी मनको चरी उडेर बादलसँगै मबाट टाढा टाढा गई।

उनी त्यहाँ गई भने एउटा कुर्सी मिलाएर मेरो अगाडी बस्यो।
मैले टेबलमा राखिएको काईयोले आफ्नो कपाल कोरे र काईयोलाई टेबलमा राखे।
त्यसले पनि काईयो समाएर कोर्न थाल्यो।
मैले प्याच्च भने, 'नचला मुझी जुम्रा पर्छ।'
टेबलमा काईयो राख्दै, 'अनि के छ त मुझी।'
'ठिकै छ। आज कामबाट छिटो आईछस त?'
जवाफ आयो,'आज छिटो निस्किएँ।'
केहीबेरको मौनता पश्चात त्यसले जाऊ हिड मास्तिर भन्यो।
'म जादिन्। मलाई आराम गर्नुछ।'
त्यतिकैमा त्यो मेरो कोठामा पसेर गितार लिएर बाहिर आयो।
'त काले भईछस्, दात मिलाको हो?'
मेरो विदेश बसाईपछि हामी ३.५ वर्षमा भटिरहेका थियौं।
'चाहिने कुरा गर् न! कहाँ सकिन्छ त्याहाँ!'
'अनि ३.५ वर्ष कस्तो रह्यो त?'
मैले आफ्नो यात्राको साक्षिप्तमा जवाफ दिएँ।
'तसँग पैसा छ?'
'छैन।'
'खल्तीमा ५ रुपैयाँ पनि छैन। यो तरकारी खेतिमा चै त्यस्तै रहेछ। २-३ महिना चै पैसा नहुने रहेछ' भन्दै दुःख पोख्यो।
पुनः सोध्यो, '५००/१००० पनि छैन?'
'छैन।'
गितार खेलाउँदै थियो, जोढले एकपटक स्ट्रिङ्ग बजार्यो।
केही क्षेणपछि उ आफ्नै बाटो लाग्यो।

यो घटनालाई पुनरावलोकन गर्दा सम्बन्धित व्यक्तिले एकपटक पनि मेरो स्वास्थ्यको बारेमा जान्न चाहेको पाईन्। तर, आफ्नो उदेश्य पैसाको विषयमा मात्र  भने बढि केन्द्रित रहेको पाएँ।



Tuesday, 28 May 2019

नाडेप लघुवित्त: कम्पनी विश्लेषण (सोमबार, १३ जेठ २०७६)

१३ जेठ २०७६,
काठमाण्डौं, नेपाल।

नाडेप लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३२ करोड रहेको छ। कम्पनीले वैशाख २६ गते सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दासम्म कम्पनीले १ करोड ६८ लाख रुपैयाँ कमाएको छ। यस कम्पनीले यस ९ महीनामा रू. १ अर्ब ५ करोड ६४ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ६९ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ ।

कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा अन्तिम दिन बुलिस एनगलफिङ्ग आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । 
चित्र १ः मैनबत्ती


कम्पनीको मुभिङ एभरेजमा 
२० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। हालको मूल्य यी रेखाभन्दा पनि तल रहेका छन्।


चित्र २ः मुभिङ एभरेज

आरएसआईले शेयर खरीदविक्री चाप सन्तुलन देखाउँछ । यो धरै विक्रीजोन २९ दशमलव ३७ विन्दुमा छ । 


चित्र ३ः आरएसआई



बोलिङ्गर ब्याण्डमा शेयर मूल्य अन्तिम दिनपनि तल्लो ब्याडतिर बन्द भएको देखिन्छ। शेयर मूल्यले बुलिस टर्न हुन लागेको  सिगनल देखाएतापनि केही दिनको ब्लोलिङ्गर ब्यण्ड र आरएसआईले यो कुराको पुष्टि गरेको खण्डमा यो शेयर बढ्न सक्नेछ। 


चित्र ४ः बोलिङ्गर ब्याड
त्यस्तै, सोमबारको शेयरमूल्य रू. ३ सय ९५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रु. ४ सय ९८ मा प्रतिरोध-२ र रु. ४ सय ५९मा प्रतिरोध-१  पाउने देखिन्छ ।


चित्रः ५ः टेवा / प्रतिरोध

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी



धन्यवाद! 

जय नेपाल!!!

Thursday, 24 January 2019

छाया बनेका सम्झना!

२२ साउन, २०७५।
काठमाडौं, नेपाल।

अाज मेदान्त अस्पतालका डाक्टरसँग मिटिंग थियो।
मिटिंग भनिएको समय भन्दा १५ मिनेटपछि सुरु भएको थियो।
सुरू भएपछि, अाफ्नो समस्या बताए।
उनले २ हप्तालाई अौषधी लिन र ब्लडटेस्ट गर्न सल्लाह दिए
तर, कुन अौषधी खाने भनेर हेर्न खोज्दा
"Please pay to view doctor's recommendation."
भनिएको डायलग बक्स स्क्रिनमा अायो। अन्लाईन पेमेन्ट गर्न खोज्दा रिजेक्ट भयो र रिजेक्सनको कारणबाट थाहा भयो कि ब्यालेन्स सकिएको रहेछ।

बैंकमा भीड थियो। मोबाइलमा खाता नम्बर थियो। Deposit slip मा खाता नम्बर लेख्दै थिएँ मोबाइल बन्द भयो।
१० मिनेट कुरेर रिसेप्सनबाट खाता नम्बर पत्ता लगाए र क्यास काउन्टरको लाइनमा बसे। बैंकमा खातामा पैसा जम्मा गरे र घर तिर लागे।
घर अाएर पेमेन्ट गरे र रिपोर्ट हेरे। उनले केही अौषधी र ब्लडटेस्ट लेखेका रहेछन्।

उनले भिडियो कल गरीन्।
"रातो लिपिस्टिक र निधारमा लगाएको कालो टिका; सुनेको थिएँ कालो टिका त अाँखा नलागोस् भनेर लगाउछन् रे तर यिनी सोझिएको देखेर त नलाग्ने अाँखा पनि लाग्छ।"

हाम्रो गफगाफ र केही गीत सुनेर रमाइरहेका थियौं। कुरा पनि केही थिएन। उसले कोही सित च्याट गरेर हासेको जस्तो लाग्यो।
अनि उसले भनि, "म एकछिनमा कल गर्छु है।"
"हुन्छ", भने। उनले फोन काटिन्।

अगिदेखि Bufferring भइरहेको गीत बल्ल बज्यो!

"अाज जानेकी जिद ना करो,
अाज जानेकी जिद ना करो।।"

यस्तो बारदात कयौं पटक उनीसँग बोल्दा भइरह्यो; मलाई किन हो किन नरमाइलो लाग्छ। कतै मनको कुनामा अाफू अपुरो भएको महसुस गर्थे। र, अाफैं देखि खिन्न लाग्छ अनि मन दुखेर होला मुखमा असजिलो लागेर एक घुट पानी पिएर बाहिर तिर लागे।

लुगा फेरे र कारमा निस्के। रोडियोमा गीत बज्दै रहेछ।

"मैं रहूँ या ना रहूँ 
तुम मुझ में कहीं बाकी रहना 
मुझे नींद आये जो आखिरी 
तुम ख्वाबों में आते रहना

हज़ार बार सोचा, 
कह दूँ की फ्रेंड नहीं मेरी गर्लफ्रेंड है तू 
पर सपने टूट जाने का डर 
कभी दिल से गया ही नहीं"

जानु पर्ने त कतै थिएन् र कतै रेकेेर बस्न पनि मन थिएन।भाग्न चाहन्थेँ अाफ्नो सम्झनासँग तर बाटो जति अगि बढे पनि सम्झनामा अाइरहन्थ्यो।

उनले पछि पनि कल गरेको थिइनँ। तर, मलाई केही बोल्न मन लागेको थिएन् अाजको दिनबाट म बिरक्त भैसकेको थिएँ। र, बाहिर छु भन्दै फोन काटे।

अहिले यो लेख्न बस्दा त्यो के भऐको होला भनेर अनुमान गर्दा एउटा निर्क्यौलमा पुगे 'सायद, समयको चङ्गुलमा बादिएको जीवनको यात्रामा धेरै साथी गुमाएको भएर होला, यिनी पनि मदेखि टाढा जाँदै छिन्।'

सन्दर्भ सूची:
(विभिन्न एजेन्सी)


Monday, 14 January 2019

दफामा व्यवस्था, तर पनि हुँदैन मान्छेलाई सुविधा!


२७ पुष, २०७५।
काठमाडौं, नेपाल।

अाज मेरो हजुरबुबा शिव प्रसाद खतिवडाको भूमिसुधार कार्यालयमा पेश्की रहेको थियो। दुई-चार दिनबाट नै यो दिनको व्यचैनी थियो। हावा जसरी कहाँ बाट हो कुन्नि मनमा ख्याल अाउँथ्यो, "विहिबार त जानु छ है!"

यो मुद्दाको सम्बन्धमा केही टिपोट पनि गरेको थिएँ। तपसिलमा लेखेको थिएँ।
१) घुमाउरो प्रश्न:
मामा हजुरको ठेगाना कहाँ हो? बुवा हजुरको ठेगाना कहाँ हो? मिसिलमा संलग्न कागजात बाट पनि के संकेत गर्छ भने यी दुई पक्षको सम्बन्ध पहिले नै टुटिसकेको छ।

२) हकबन्दी लगाउने सन्दर्भमा:
सारवान कानुनले भविष्यलाई हेर्दछ, र पहिलेको मुद्दामा संसोधित कानुन कसरी लागु हुनपुग्यो? लोकसेवा अायोगले नियुक्ति गर्दा केवल टाउकोको नेपाली टोपी मात्र हेर्छ कि तथ्य र अाधारका अाधारमा कर्मचारी नियुक्त गर्छ!

३) मुद्दाको पुर्पक्षमा भएको गतिबिधि सम्बन्धमा:
नेपााल विद्युत प्राधिकरणबाट लेखि पठाउने काम किन ढिलो भयो? एेनमा तेकिएको समयावधिमा किन काम भएन? यो पिडित पक्षले (जो एक ७० वर्ष वृद्ध उमेरको हुनुहुन्छ) २ चोटीसम्म ताकेता अाफैं एक अड्डाबाट अर्को कार्यलय धाउन किन बाध्य बनायों? तपाई पनि कुनै दिन अाफौं वृद्ध हुनुहुन्छ र तपाईको यस किसिमको मुद्दा पर्न सक्नुहुन्छ र यदि याहाँहरू जून गरिमामय पदमा बसेर जुन किसिमको संस्थागत संस्कार बसाल्नु भएको छ त्यसले पछि प्रतिकुल असर पार्नेछ।र, तपाई पनि वृद्ध उमेरमा यसरी नै lingering मा पर्न नहोला भन्न सकिन्न!

यद्यपि, यो मुद्दा हारेको खण्डमा तपसिलका तरिकाले प्रमाण जुटाउन सकिन्छ होला!
कुनै दुई पदार्थको अापसी संसर्ग भएमा दुवैले परस्पर अाफ्ना चिन्ह वा छाप वा अाफ्ना केही अंश छाडेका हुन्छन्। यसको मुताबिक:
- फोनको कल हिस्ट्री हेर्दा पत्तो लाग्न सक्छ कि यी बिचमा संसर्ग भएको छ कि छैन?
- भेटघाटको फोटो कतै सामाजिक संजालमा सेयर गरिएको छ कि?
- अन्य उपायहरू निर्णय पश्चात् बिचार गरौंला!

सोचेर त माथि उल्लेखित बमोजिम गनेर्छु भन्ने विश्वास थियो तर कार्यालय पुग्दा 'ऐन संशोधन' पछि मात्र काम हुन्छ भन्ने  बुझियो।
"हाकिमले मालपोत र भूमिसुधार सुधार दुवै हेर्ने भएकोले उनी १२-१२.३० बजे मात्र अाउँछन् रे!", भन्दै एक जना कर्मचारी बोले।

हामी अरू कयौं सेवाग्राही कार्यलयको ठिक अगाडी पसलको बेन्चमा बसेर घाम तापिरेका थियौं। पछि त्याहाँका ना. सु. अाए, सायद उनी चुरोट खान निस्केको हुनुपर्छ। हामी भएको ठाउँमा अाएर बसे।
"अब मन्त्रालयमा अड्किएको छ फाइलहरू, हदबन्दी लाग्ने  जस्तो छ हाम्रो केसमा पनि।", भनेर उनीले भने।
"ए बाबु, त्यो एेन निकाल त", भने बुवाले।
मैले निकाले।

* भूमि सम्बन्धी एेन २०२१ को परिच्छेद-३ को जग्गाको हकबन्दीको:
दफा ७ मा जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हदको व्यवस्था गरिएको छ।
उपदफा १) व्यक्ति वानकजको परिवारले जग्गावालाको हैसियतले नेपाल अधिराज्यभरि जम्मा १० बिगाहामा नबढ्ने गरी देहायको क्षेत्रमा देहायको हदसम्म मात्र जग्गा राख्न पाउनेछ:-
(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा - १० बिगाह
(ख) काठमाडौं उपत्यकामा - २५ रोपनी
(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा - ७० रोपनी
दफा ८ मा मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम हदको विषयमा उल्लेख गरिएको छ।
उपदफा १) कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले देहायको हदसम्म मात्र जग्गा कमाउन पाउनेछ:-
(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा - ४ बिगा
(ख) काठमाडौं उपत्यकामा - १० रोपनी
(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा - २० रोपनी
यहीं दफाको उपदफा २ मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले कुनै जग्गा राखेको भए सो समेत गरी उपदफा (१) मा तोकिएको अधिकतम हदमा नपुग जग्गासम्म मोहीको हैसियतले कमाउन पाउनेछ।
दफामा प्रस्टैसँग किट्टान गरि जग्गा धनीको सम्बन्धमा काठमाडौंमा २५ रोपनी र मोइको हकमा १० रोपनी भनेर पहिलो बेचिएको जग्गा समेतलाई आधार मानेर उनीहरूले दफाको व्याख्यालाई तोडेर नचाहिँदो बखेडा झिक्दै दिन बिताउदै थिएँ। दफा ७ र ८ को अपव्याख्याले अड्किएको थियो, हाम्रो एक वर्ष देखि यहीँ कामको लागि दुनिया धाइरहेका थियौं!!!

**"कुनै कानून दफा अांशिक असंवैधानिक र बाँकी संविधान अनुरूप वैध नै भई छुट्याउन सकिने अवस्थामा पूरै दफा नै हटाउन पर्ने नभई वैध भाग क्रियाशील हुन दिनुपर्ने।"
यो नजिरको प्रतिपादित सिद्धान्तलाई अाधार बनाएर अाफ्नो तर्क प्रस्तुत गरे तर ति व्यक्तिले स्विकार गरेनन्।
"त्यो नजिर अदालतको पाटो हो।", भन्दै टारिदएँ।

"अब त सरकारी कर्मचारी पनि एेनलाई अाफैं व्याख्या गर्दै काम गर्न थालेछन्। सरल भाषामा बुझ्ने गरि संसदहरूले एेन बनाई दिएँ भने पनि अनेकौं तरिकाले व्याख्या गरि समय बिताउने रहेछन्। लाचार रहेछन् कानूनका दफा, न न्याय दिनसक्दो रहेछ न उदेश्य बमेजिम काम गर्न! केवल कामजका खोस्टा! यी खोस्टा  प्रयोग गरेर कर्मचारी अाफ्नो त समय बर्वाद गर्छन्-गर्छन् अरूको पनि स्रोत साधनको नाश गर्ने रहेछन्। यस्तो तरिकाले संस्था efficient र effective कसरी हुन सक्ला!" भन्ने पनि मनमा लाग्यो।

हाकिमलाई पछ्याउँदै हामी उनको अफिसमा पुग्यौं। उनको मुखबाट पनि 'संसोधन पछि' भन्ने कुरो मात्र निस्क्यो। हामी मुद्दालाई तामेली गरि निस्कियौं!

"हामीमध्ये अधिकांश मानिसहरूको मस्तिष्कमा धेरै त्यस्ता धारणा तथा विभेदहरू (Propositions and distinctions) हुन्छन्, जो समान वा निरर्थक वा भ्रमपूर्ण हुन्छन्, परन्तु तिमीहरूलाई हामी सत्य या महत्वपूर्ण मान्दछौं वा त्यस्तो ढोंग रच्दछौं र अरूलाई पनि सोही अनुसार बताउँछौं। यदि हाम्रो मस्तिष्क एवं वार्तालापमा ती विचारहरू स्पष्ट भएमा हामीलाई धेरै ठूलो लाभ हुनेछ।"
 - Grey

हामी नजिकैको होटलमा गयौं तरकारी, समोसा र लालमन मगायौं।
"सोचेर गएको थियो एउटा कुरो भइदियो अर्को, यस्तै हो बाबु जीवनमा यस्तो भइरहन्छ! जे सुकै परि अाए पनि अान्नदले खानु चै पर्छ!," भन्दै उनले लालमोन मुखमा हालें।
मैले पनि समर्थनमा अर्को एउटा खाइदिए!

सन्दर्भ सूची:
- * भूमि सम्बन्धी एेन २०२१,नेपाल एेन सङ्ग्रह खण्ड १२ २०७४, पृ. ४६-४८, कानून किताब व्यवस्था समिति,  बबरमहल, काठमाडौंमा।
- **बालकृष्ण न्यौपाने वि. संसद सचिवालय, ने.का.प. २०५०, नि.नं.४७६८, पृ ४५०
- देवकोटा सनद र श्रेष्ठ मनिष कुमार, कार्यविधि कानुन, २०१७ द्धितीय संस्करण, कालिञ्चोक पुस्तक प्रकाशन, प्रदर्शनी मार्ग, काठमाडौं।
-Gray, Nature and sources of law, 2nd edition.