Tuesday, 18 June 2019

माथिल्लो तामाकोशीः कम्पनी विश्लेषण (सोमबार, २ असार २०७६)

२ असार २०७६,
काठमाण्डौं, नेपाल।

कम्पनीले दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। २०६५ चैत ७ गते सञ्चालक समितिको निर्णयअनुसार यस आयोजनाको निर्माण अवधिको ब्याजसहित जम्मा लागत अनुमान ४८ अर्ब ८६ करोड ४० लाख प्रक्षेपण गरिएको थियो । भूकम्पले गर्दा आयोजनाको अस्थायी संरचना र केही स्थानीय सिभिल संरचनामा समेत क्षति पुग्न गई नयाँ संरचनाको निर्माण गर्नुपर्ने भएकाले लागत ६९ अर्ब ५९ करोड १९ लाख १२ हजार पुग्ने अनुमान कम्पनीको छ । कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड पुगेको छ ।


कम्पनीको दैनिक कारोबारलाई आधार मैनबत्ती विश्लेषणमा २ गतेको दिन हरियो मैनबत्ती आकृति  बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।


चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य पनि ५ दिने रेखाभन्दा मुनि रहेको छ र मूल्य अझैं हरेक दिन नयाँ मूल्य कायम गर्ने सफल नरहेको जनाउँछ। परन्तु, आजको दिनमा भने मूल्य धेरै बढेकोले ५ दिने औसतले २० दिने औसत एकै विन्दु नजिक आएका छन्।


चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ५१ दशमलव ३४ विन्दुमा छ । यसले खरिदविक्रि सन्तुलनमा रहेको देख्न छ।


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याड नजिक बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डको बिडको ब्याण्ड मूल्य रहेकोले न्युट्रल संकेत बुझ्न सकिन्छ । 


चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी अझैं पनि ट्रिगर रेखाभन्दा निकै तल छ। एमएसिडीमा अझैं पनि सेल सिग्नल जारी छ।

चित्रः ५ः एमएसिडी

त्यस्तै, आइतबारको शेयरमूल्य रू. २ सय ६७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ९४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. २ सय ५० मा टेवा पाउने देखिन्छ ।

चित्रः ६ः टेवा / प्रतिरोध
समग्रमा, हाम्रा ५ सल्लाहकार (इन्डिकेटर) साथीहरुले नकारात्मक सुजाव दिएछन् भने केवल १ ले मात्र सकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागिको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको अगिल्लो दिनको कारोबारमा मैनबत्ती परिवर्तन आए पश्चात बुलिस एनगलफिङ्ग मैनबत्ती/ ह्यामर/ पियर्सिङ्ग बनेको खण्डमा खरिद गरे जोखिम न्युन रहेनेछ।

सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

2 comments:

  1. Thanks.....hjr ko analysis leh malai technical analysis bujna maddat garirako cha!

    ReplyDelete
  2. Pashupati Ghimire18 June 2019 at 10:23

    Hoping for another green candle!

    ReplyDelete