काठमाण्डौं, नेपाल।
हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड १४ लाख छ । कम्पनीले १ः८.६४४६९ अनुपातमा (८६४.४६%) हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले स्वीकृति पाएसँगै २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । असार १० गतेसम्म शेयर किन्ने शेयरधनीले हकप्रद खरीदका लागि आवेदन दिन सक्छन् ।हकप्रद निष्कासन तथा बाँडफाँट गरेपछि पूँजी रू. ४० करोड पुग्नेछ ।
कम्पनीको ६९ दिनको कारोबार अवधिको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा ग्रेभस्टोन डोजी आकृति बनाएर पुन अर्को बुलिस मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।
![]() | |
|
कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा माथि रेहेको छ। शेयरमूल्य भने २० दिने रेखाभन्दा माथि रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल रहेको जनाउँछ। साथै, केहीको दिन यता मूल्य ह्वात्तै बढेकोले ५ दिने औसतले २० दिने औसत रेखालाई छेडेको छ।
![]() | |
|
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ६५ दशमलव १६ विन्दुमा छ । चित्र ३ मा विक्रिको तुलनामा खरिद धेरैरहेको देख्न छ।
![]() | |
|
बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याडभन्दा माथि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा बिचको ब्याण्डभन्दा माथि मूल्य बन्द भएकोले यसले बुलिस गति लिएको बुझिन्छ।
![]() |
चित्र ४ः बोलिङ्गर ब्याड |
एमएसिडी रेखाले पनि ट्रिगर रेखाको नजिक छ। यो शून्यभन्दा माथि रहेकोले जोखिम कम रहेको बुझ्न सकिन्छ।
![]() | |
|
त्यस्तै, विहिबारको शेयरमूल्य रू. १ सय ४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ४५ मा टेवा पाउने देखिन्छ ।
![]() | |
|
समग्रमा, हाम्रा ४ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने १ ले मात्र नकारात्मक सुझाव दिएकोले अहिलेको लागि खरिद गर्नु जोखिममुक्त रहनेछ। प
सन्दर्भ सामाग्रीः
नेप्से
नेप्से
ऐजेन्सी
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment