Friday, 21 June 2019

सिभिल बैंकः कम्पनी विश्लेषण (शुक्रबार, ६ असार २०७६)

६ असार २०७६,
काठमाण्डौं, नेपाल।

सिभिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४९ करोड ३८ लाख ९२ हजार रूपैयाँ खुद नाफा आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ३३ करोड ५५ लाख ५ हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ४७.२१ प्रतिशतको वृद्धि भएको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रूपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ १२५ रूपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात २५.९३ गुणा रहेको छ। साथै, चैत मसान्तसम्म बैंकको कष्ट अफ फण्ड ८.४०%, आधारदर ११.२०% र स्प्रेड दर ३.३८% रहेको छ।

कम्पनीको ६९ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम ३ दिनको मैनबत्तीलाई हेर्दा टुईजर बटट्म आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्दछ।


चित्र १ः मैनबत्ती

कम्पनीको मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा तल रेहेको छ। शेयरमूल्य भने २० दिने रेखाभन्दा नजिक रहेको छ र यसले हरेक दिन शेयरमूल्यले नयाँ मूल्य कायम गर्ने सफल रहेको जनाउँछ। साथै, केहीको दिन यता भने मूल्य बढेकोले ५ दिने औसतले २० दिने औसत एकै विन्दु नजिक आएका छन्।


चित्र २ः मुभिङ एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ४८ दशमलव ०१ विन्दुमा छ । चित्र ३ मा खरिदविक्रि न्यट्रल रहेको देख्न छ।


चित्र ३ः आरएसआई

बोलिङ्गर ब्याण्डमा हेर्दा शेयर मूल्य अन्तिम दिन बिचको ब्याडभन्दा माथि बन्द भएको देखिन्छ। बोलिङ्गर ब्याण्डमा बिचको ब्याण्डभन्दा माथि मूल्य बन्द भएकोले यसले बुलिस गति लिएको जस्तो लाग्नसक्छ। यद्यपि, यो साइड वेज मुभ गरिरहेकोले यसले बुलिस मुभ समाउँन बाँकी छ।


चित्र ४ः बोलिङ्गर ब्याड
एमएसिडी रेखाले पनि ट्रिगर रेखालाई छेडेको छ। यस्तो अवस्थालाई टेक्निकल रुपमा गोल्डेन क्रसओभर भन्ने गरिन्छ।


चित्रः ५ः एमएसिडी

त्यस्तै, विहिबारको शेयरमूल्य रू. १ सय ४७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ५० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ४५ मा टेवा पाउने देखिन्छ ।


चित्रः ६ः टेवा / प्रतिरोध

समग्रमा, हाम्रा २ सल्लाहकार (इन्डिकेटर) साथीहरुले सकारात्मक सुजाव दिएछन् भने २ ले मात्र नकारात्मक सुझाव दिएको खण्डमा हामी अहिलेको लागि खरिद गर्नु जोखिमयुक्त रहनेछ। परन्तु, अबको अगिल्लो दिनको मैनबत्ती बुलिस एनगलफिङ्ग मैनबत्ती/ ह्यामर/ पियर्सिङ्ग बने पश्चात खरिद गरे जोखिम न्युन रहेनेछ।


सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी




धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment